Hamro Goreto
नेकपा राष्ट्रिय सभाका सांसदहरुले  कोरोना नियन्त्रणको लागि१५ दिनको तलब राज्यकोषमा जम्मा गर्नेः भट्टराई
Thursday, 26 Mar 2020 00:00 am
Hamro Goreto

Hamro Goreto

    १४ चैत्र,रुपन्देही

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड १९) को संक्रमणको जोखिमलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित राष्ट्रिय सभाका सांसदहरुले १५ दिन बराबरको तलब  राज्यकोषमा जम्मा गर्ने निर्णय गरेको  राष्ट्रिय सभा प्रमुख सचेतक माननीय खिमलाल भट्टराईले जानकारी दिनु भएको हो ।

चीनबाट सुरु भएको उक्त भाइरस अहिले बिश्वका १६५ भन्दा बढी देशहरुमा फैलिसकेको भने यस कोरोना भाइरसबाट इटली सबैभन्दा बढी प्रभाबित भएको छ। छिमेकी देश भारतमा समेत कोरोना संक्रमित बिरामी फेला परेको हुनाले नेपाल भारतसंगको खुल्ला सिमा भएकोले पनि नेपालले उक्त कोरोना भाइरसको संक्रमणको जोखिमलाई कम गर्न सजग एवं सचेतता अपनाउनु पर्ने सांसद भट्टराईले बताउनु भएको छ।

महामारीको रुपमा बिश्वभर फैलिरहेको कोरोना भाइरसको जोखिमबाट जोगिन स्थानीय सरकार प्रदेश सरकार र केन्द्रिय सरकारले सम्पुर्ण नागरिकहरुलाई घरमै क्वारेन्टाइनमा बस्न , मास्क प्रयोग गर्न,अत्यावस्यक काममा बाहेक सामान्य कामका लागि घर बाहिर ननिस्कन र नियमित साबुन पानीले हात धुन समेत सांसद भट्टराईले अनुरोध गर्नु भएकाे छ । सबै स्थानिय सरकारको रुपमा रहेका सबै पालिकाहरुलाइ सतर्कता अपनाउन र बिभिन्न संचार माध्यम मार्फत अात्मविश्वास बढाउने खालका सचेतनामूलक कार्यक्रम तथा शन्देस प्रवाह गर्न जोड दिनु भएको छ।

सम्भाबित खतरालाई मध्ये नजरगरि सरकारले मुख्य स्थानहरुमा अस्थाई अस्पतालको रुपमा क्वारेन्टाइन र आइसोलेसन स्थल तयार गरिएको र आवश्यकता अनुसार बिभिन्न सामुदायिक हल,स्वास्थ्यचौकी,सामुदायिक तथा निजी बिधालयहरुलाई समेत क्वारेन्टाइनको रुपमा ब्यबस्था गरिने भट्टराईले बताउनु भएको छ। संकटका बेलामा दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन सम्बन्धित सबै पक्ष संग आग्रह गर्ने साथै संकटको बेलामा कालोबजारी हुन नदिन सबैलाई सचेत गराउने बताउदै संकटको बेला हरेक नागरिकहरुमा कुनै बिचल्लित नहुन र धैर्यता अपनाउदै बिषम परिस्थितीसंग सबै एकजुट हुनु पर्ने समेत बताउनु भएको छ।