Hamro Goreto
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा खटिनेलाइ२५ लाख निशुल्क बिमा लकडाउन थप एक साता २५ गतेसम्म गर्ने सरकारको निर्णय
Sunday, 29 Mar 2020 00:00 am
Hamro Goreto

Hamro Goreto

चैत्र १६, २०७६ काठमाडौँ —विस्वभर संक्रमणकाे रूपमा फैलिएकाे कोभिड १९ (कोरोना भाइरस)संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप ७ दिन लकडाउन बढाउन सरकारलाई सिफारिस गरे अनुसार सरकारले सीमा नाकाबाट आवागमन रोक्ने र लकडाउन २५ गते मध्यरातिसम्म गर्ने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले देशव्यापी लकडाउनको अवधि ८ दिन बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ, सञ्‍चार तथा सूचनाप्रविधि मन्त्र‍ी युवराज खतिवडाले जानकारी दिए । 

यसअघि सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो। तर, कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको अवधि थपेको हो। 

यस्तै बैठकले ज्यालादारी मजदुरी गर्ने निम्न आए भएका नागरिकका लागि राहतको प्याकेज पनि पारित गरेको छ। निजी विधालयलाइ १ महिनाकाे शुल्क छुट गर्न,घरभेटीले १ महिनाकाे भाडा छुट गर्न निर्देशन गरेकाे छ भने अत्यावश्यक खाद्यबस्तु वडा अध्यक्षकाे सहयाेगमा घर घरसम्म पुर्रयाइिदने व्यवस्था मिलाइदिने, कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा खटिने चिकित्सक, नर्स, स्वास्थ्य स्वयम सेविका, स्वास्थ्य स्वयम सेवक, स्वास्थ्य प्रविधि , सरसफाइमा संल ग्न श्रमिक, एम्वुलेन्स चालक र सुरक्षाकर्मीहरूलाइ रू २५ लाख रूपैयासम्मकाे निशुल्क बिमा गरी दिने मन्त्र‍ी युवराज खतिवडालेजानकारी दिए ।