Hamro Goreto
रुपन्देहीमा पुरुषद्वारा पुरुष माथि बलात्कार
Saturday, 02 May 2020 23:30 pm
Hamro Goreto

Hamro Goreto

बिन्दु कुमार चौहान
लुम्बिनी २२ बैसााख । कलियुगमा पापधूरीबाट कराउछ भन्ने कुरा रुपन्देहीमा पुरुषद्वारा पुरुष माथि भएको बलात्कारले चरित्रार्थ गरि देखाएको छ । 
ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार जिल्लाको पश्चिमी क्षेत्र मायादेबी गाँउपालिका वडा नं.१ स्थित ४० बर्षीय सुस्तमनस्थितीका पुरुष माथि यौन उन्मादमा परि सोही ठाँउ बस्ने ३५ बर्षीय ध्रुव कहाँरले एकान्तको मौका छोपी बलात्कार गरेका हुन । 
पीडितको किटानी जाहेरी दरखास्त घटना स्थलको सत्यतथ्य सार्बजनिक मुचुल्का तथा स्वास्थ्य परीक्षण प्रमाणको आधारमा आरोपित कहाँर घरभित्र लुकेर बसीरहेको अवस्थामा घेराहाली पक्राउ पश्चात आईतवार रुपन्देही जिल्ला प्रशासन कार्यालयमा सार्बजनिक स्थलमा अप्राकृतिक करणी  मुद्दा समेत दर्ता गराउन सफल भएको ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी गराए । 
रुपन्देहीमा पुरुषद्वारा पुरुष माथि बलात्कारको घटनाले सनसनी फैलिए पछि एउटा पुरुष अर्को पुरुष माथि ईष्टमित्र समेत एकान्तमा आउन जान छाडी सकेको स्थानीयले बताएका छन ।