ओझेल भित्रका सचेतना अभियान
No icon

स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउछौं

दुई दशक भन्दा बढी शैक्षिक संस्थासंग आबद्ध रहेका खेम बहादुर सारु कुसल शिक्षक एवम् व्यवस्थापकको रुपमा चिनिनुहुन्छ । २०४८÷४९ सालदेखि अनेरास्ववियुका सदस्यमा रहेर राजनीतिक सुरुवात गर्नु भएका खेम बहादुर सारु मगर नेकपा एमालेका जिल्ला कमिटी पाल्पाका सचिवालय सदस्य हुनुहन्छ । अंग्रेजी भाषा शिक्षकहरुको संस्था ल्भ्ीत्ब् एबकाय(कालउिब को पूर्ब अध्यक्ष, क्वेष्ट नेपाल (त्तभ्क्त् ल्भउब िस् क्त्तऋ) केन्द्रिय सदस्य,प्याब्सनको केन्द्रिय सदस्य रहनुभएका सारु बुद्धिजिवी परिषद् सदस्य समेत हुनुहुन्छ । बुवा भारतीय सेना स्व. जंग बहादुर सारु र आमा खगिसरा सारुको चार भाई छोरा र एक दिदी मध्ये जेष्ठ सुपुत्र हुनुहुन्छ । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय खेम बहादुर सारुसँग लुम्बिनी प्रदेशको स्वास्थ्यसँग सम्बन्धित समसामयिक विषयमा हाम्रो गोरेटो मासिक पत्रिकाले गरेको अन्तरबार्ताको सारसंक्षेप ।

सर्बप्रथमत लुम्बिनी प्रदेशमा स्वास्थ्य मन्त्री हुनु भएकोमा बधाई छ ।

धन्यबाद ।

यहाँ स्वास्थ्य मन्त्री भएपछि भौतिक पूर्वाधारसँगै स्वास्थ्य सेवाको क्षेत्रमा गुणस्तरीय र व्यवस्थापन भएको कत्तीको महसुस गर्नुभएको छ ?

भौतिक पूर्वाधारको कुरा गर्नुपर्दा लुम्बिनी प्रदेशमा अस्पताल तथा स्वास्थ्य कार्यालयहरुको भवन करिव करिव बनेका छन । लुम्बिनी प्रदेशकै गौरबको आयोजनाका रुपमा निर्माणाधीन बाह्र सय शैयाको लुम्बिनी प्रादेशिक अस्पतालको म मन्त्रालयको जिम्मेवारी समाहले पछि २०८१ भाद्र १५ गते शिलान्यास भई ६ अरब १८ करोडको लागतमा निर्माण कार्य द्रुत गतिमा अगाडी बढेको छ । प्यूठान, रुकुम पूर्व, गुल्मी अस्पतालको भवन निर्माणधीन छ । केहि स्वस्थ्य संस्थाहरुको निर्माण प्रकृया अगाडी बढीरहेका छन् । अधिकांश कार्यालयहरु सुविधा सम्पन्न भवनमा नियमित सहज रुपमा कार्य सम्पादन गरिएको छ । 

गुणस्तरीय सेवा र व्यवस्थापन सन्दर्भमा अस्तालहरु सेवाग्राही मैत्री बनाउन डिजिटल भुक्तानी, सेवा काउन्टर र अपरेशन सेवाको विस्तार, चिकित्सक र स्वास्थ्यकर्मीहरुको नियुक्ती, कार्यालय प्रमुखहरुलाई जवाफदेही बनाउने गरिएको छ ।

यहाँ मन्त्रालयमा वहाली पछि स्वास्थ्य सेवा सम्बन्धि के कस्ता नीति र कार्ययोजना तय गर्नुभयो र आम नागरिकले के कस्ता सेवा सुविधा पाएका छन ?

मैले २०८१ साल श्रावण १८ गते स्वास्थ्य मन्त्रालयको जिम्मेवारी बहन गरेपछि स्वास्थ्य क्षेत्रको स्तरोन्नती र गूणस्तरीय सेवा प्रवाहको क्षेत्रलाई व्यवस्थित रुपमा कार्य सम्पादन गर्न ५५ वुंदे कार्य योजना र कार्यक्रम र १५ बुंदे लमही घोषणापत्रका साथ अगाडी बढीरहेको छु ।

  स्वास्थ्य सेवालाई सहज, सरल, गुणस्तरीय बनाउन, प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०८०, अस्पताल विकास समिति गठन तथा संचालन नियमावली २०८०, प्रादेशिक बायोमेडिल कार्यशाला संचालन कार्यविधी २०८१, सरकारी अस्पताल आवास गृह संचालन निर्देशिका २०८१, स्वास्थ्य तथा षोषण सुधार कार्यक्रम संचालन कार्यविधी २०८१, लुम्बिनी प्रदेश मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनैतिक कार्ययोजना २०८१ जस्ता १५ वटा नीतिगत नियमावली, कार्यबिधी, निर्देशिका निर्माण र संशोधन गरिएको छ । 

समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि हालसम्म के कस्ता पहलहरु गर्नु भयो ? आम नागरिकले के कस्ता सेवा सुविधा पाएका छन ?

हामीले लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तरर्गत थुप्रै कार्यहरु संक्षेपमा उल्लेख गरेका छौं । 

१. स्वास्थ्य मन्त्रालयको आ ब २०८१÷०८२ को अर्धवार्षिक पूंजिगत र चालु बजेट खर्च ५२.१२% (अन्य मन्त्रालयको दाँजोमा सबैभन्दा बढी)

 २. लुम्बिनी प्रदेश सरकारले क्यकन्सर, मुटु र मृगौला उपचार बिपन्न नागरिक उपचार सहायता बापतको रु दुई लाखको सिफारिस स्वास्थ्य निर्देशनालयको सट्टा जिल्लाबाटै पाउने नीतिगत ब्यबस्था गरिएको ।

३. चिकित्सक र स्वास्थ्कर्मीहरुको निजी अस्पताल, स्वास्थ्य संस्थामा एचबअतष्अभ गर्दा र आफू कार्यरत सरकारी अस्पतालको नाम र पद टिकट, होलिङ बोर्ड, प्रिस्क्रिप्सन आदिमा प्रयोगमा बन्देज ।

४. सुशासन , जवाफदेहिता ,भ्रष्टाचार न्यूनिकरणको लागि मन्त्रालय, निर्देशनालय,आपूर्ती केन्द्र, तालिम केन्द्र, प्रयोगशाला , अस्पताल , स्वास्थ्य कार्यलय, आयुर्वेद चिकित्सालयका ४१ वटा सवारी साधनमा न्एक् जडान गरिएको ।

 ५. छात्रवृत्ती करारका तथा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीहरु सुविधा सम्पन्न सहरी क्षेत्रका अस्पतालको सट्टा जिल्ला र पालिकाका आधारभूत अस्पताल , प्राथमिक स्वास्थ्य कैन्द्रमा खटाइएको ।

६. मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्श सुदृढीकरण सम्बन्धी पाँच वर्षे रणनीतिक योजना निर्माण 

७. कुपोषण, मातृ मृत्युदर र बाल विवाह न्यूनिकरण तथा मनोसामाजिक परामर्श र प्रजनन स्वास्थ्य सुदृणिकरणको लागि हाल १३ वटा गाँउ पालिकाहरुमा २६ जना सामुदायिक नर्स÷रोमिङहरुको नियुक्ति गरिएको ।

८. स्वास्थ्य बिमाको औपचारिक क्षेत्रलाई समेट्ने नीति अनुरुप लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय र अन्तर्गतका निर्देशनालय, आपूर्ति केन्द्र, तालिम केन्द्र, तालिम केन्द्र, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य कार्यलय, खायुर्वेद चिकित्सालयमा कार्यरत २०६४ जनालाई स्वास्थ्य विमा गराइएको (१०० दिन भित्र)

 ९. लुम्बिनी प्रादेशिक अूपताल बुटवलको १२ सय सैंयाको ६ अर्ब १८ करोड लागतको भवन निर्माण कार्य अगाडी बढेको ।

 १०. प्रदेश भरीका अस्पतालहरुले प्रदान गर्ने सेवा र शुल्क उल्लेखित नागरिक वडापत्र सेवाग्राहीले देख्नेगरी राख्ने ब्यबस्था मिलाइएको ।

११. मातृ मृत्यु, शिशु मृत्यु, कुपोषण न्यूनिकरण ुसम्बन्धि बहुवर्षिय योजना संचालन ।

१२. सिकलसेल, थालासिमियाको डेडिकेटेड अस्पताल योजना अगाडी बढेको

१३. २०८१÷१०÷०५ देखि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा महिला तथा प्रसुती शल्यक्रिया सेवा कक्ष ३३% सेवा विस्तार 

१४. अस्पतालहरुमा लामो समयदेखि रिक्त दरबन्दी करारका चिकित्सक र स्वास्थ्यकर्मीहरु नियुक्ति र सेवा प्रवाहमा सहजता

१५. रामपुर, बर्दिया, गुल्मी, पृथ्वी चन्द्र,कपिलवस्तु,प्युठान अस्पतालमा डायलाईसिस सेवा विस्तार

१६. आ ब २०८०÷०८१ को ११ करोड बढी दायित्व भुक्तानी गरिएको र राप्ती विज्ञान प्रतिष्ठानको २०७८÷०७९ देखि रोकिएको ४ करोड ३१ लाख भुक्तानी गरिएको ।

यहाँको कार्यकाल भित्र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय र दिगो विकासले फड्को मार्न आगामी दिनमा के कस्ता भिजन तयार गर्दै हुनुहुन्छ ?

स्वास्थ्य सेवालाई सहज, सरल र गुणस्तरीय सेवा प्रवाहका लागि हामीले पन्ध्र बुंदे लमही घोषणपत्र, स्वास्थ्य मन्त्रीको ५५ ब‌ुंदे रणनैतिक योजना बनाई कार्यान्वयन गरिरहेको, सुशासन, पारदर्शिता तथा भ्रष्टाचार न्यूनिकरणका लागि अस्पताल, स्वास्थ्य कार्यालय आयुर्वेद चिकित्सालयहरुमा डिजिटल सेवा, सर्विलेन्स, पेमेन्ट, ई टिकेटिङ, भ्भिअतचयलष्अ ःबलबनझभलत च्भअयचमष्लन, सेवा स्थापना संगै कार्यालयमा सुशासन, मितब्ययीता, पार्दशिता र जवाफदेही बनाइने ।

उपचारात्मक सेवाको सुदृढिकरण संगै नसर्ने रोगहरुको रोकथामको लागि ४० वर्ष माथी उमेर समूहका नागरिकहरुको नसर्ने रोगहरुको निशुल्क परीक्षणको व्यवस्था, मानसिक स्वास्थ्य सुदृढीकरणको लागि मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्श सुदृढीकरण सम्बन्धि रणनीतिक योजना निर्माण र कार्यान्वन लुम्बिनी प्रदेशमा विद्यमान रहेको उच्च मातृमृत्यु, बालमृत्यु र कुषेषण न्यूनिकरणको लागि बहुवर्षिय पोषण सुधार कार्यक्रमसँगै प्रजनन् स्वास्थ्य सुदृढीकरणका लागि सबै स्थानीय तहमा सामुदायीक नर्स÷रोमिङ नर्सहरुको नियुक्ति गरिने छ। स्वास्थ्य संस्थाहरुमा रिक्त दरबन्दीको समयानुकुल इ ७ ः गरी पदपूर्ती गरिनेछ । ग्रामिण क्षेत्रका स्वास्थ्य निकायहरुम्को स्तरउन्नती कार्यक्रम संचालन गरिनेछ ।

कतिपय निजी स्वास्थ्य संस्थाहरु दर्ता तथा सुचिकरण नगरी संचालन गरेका छन, त्यस्ता संस्थालाई नियमन गर्न मन्त्रालयले के कस्तो कदम चाल्न सक्छ ?

प्रदेश सरकार मातहत रहने २५ देखि २०० शैंयाका प्रदेश भरीका निजी स्वास्थ्य संस्थाहरुको अभिलेखिकरण गरी कानून बमोजिम निजी स्वास्थ्य संस्थाहरुलाई दर्ता तथा सूचिकरण गर्ने कार्यलाई तिब्र रुपमा अगाडी बढाइएकोछ । निजी स्वास्थ्य संस्थाहरुको नियमन गर्दै उच्च स्तरको स्वास्थ्य उपचार सेवा प्रदान गर्न सहजीकरण र प्रोत्साहन गर्ने, विपन्न नागरिकहरुको लागि प्रदान गर्नु पर्ने १०% उपचार सुविधाको सुनिश्चितता गर्ने विषयहरु मन्त्रालयले अगाडी बढाईरहेको छ ।

लुम्बिनी प्रदेशका कतिपय सरकारी अस्पतालहरुमा करोडौ मुल्यका उपकरणहरु सामान्य मर्मत नगरी प्रयोगविहिन छन त्यसलाई यहाँले कसरी हेर्नुभएको छ ?

यस्ता कामलाई सम्बोधन गर्नका लागि अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा रहेका मेडिकल औजार उपकरणहरुको मर्मत संहार ब्यबस्थापन तथा इन्भेन्टरी व्यवस्थापनका लागि बायोमेडिकल इक्विपमेन्ट म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (बेमिस), प्रादेशिक बायोमेडिल कार्यशाला संचालन कार्यविधी २०८१ निर्माण गरी उपकरणहरुको अभिलेखीकरण र मर्मत कार्यलाई बायोमेडिकल इन्जिनीयरहरुद्वारा मर्मत कार्यलाई अगाडी बढाइएकोछ ।

अन्त्यमा छुटेका विषय केही छन की ?

गुणस्तरीय स्वास्थ्य सेवा पालिका – पालिका, गाँउ बस्तीसम्म पुर्याउनका लागि छात्रबृत्ती करारका तथा संघबाट सरुवा भई आउने डाक्टर, नर्स, जनस्वास्थ्य अधिकृत लगायतका कर्मचारीहरु दुर्गम र पहाडी जिल्ला अस्पताल, आधारभूत अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रहरुमा खटाइएको छ । कार्यालयहरुको आवधिक बैठक मार्फत एम्ऋब् पद्धती अनुरुप कार्यक्रम र योजना कार्यन्वयनको समिक्षा गरी पून कार्यान्वयन गरिएको छ । आम नागरिकले अनुभुत हुनेगरी स्वास्थ्य सेवालाई गुणस्तरीय सर्वसुलभ, सहज, स्वास्थ्यमा पहँुचको सुनिश्चितता संगै स्वास्थ्य संस्थाहरुलाई अनुगमन, सरोकारवालहरुसंग छलफलको मोडलबाट समस्याहरुको पहिचान र समाधानका उपायहरुको अवलम्बन गरिएको छ ।

 मन्त्रालयले गरेका काम र योजनाका बारेमा फेहरिस्त राख्ने यो समय र अवसरका लागि यहाँहरुको पत्रिकालाई हार्दिक आभार धन्यबाद ।

Comment As:

Comment (0)