ओझेल भित्रका सचेतना अभियान
No icon

लगानी झिक्दै उत्तर कोरिया

लगानी झिक्दै उत्तर कोरियाका ३३ नागरिकले नेपाल छाडे

बुटवल । नेपाल सरकारको चेतावनीपछि आफ्नो सबै लगानी फिर्ता लिएर उत्तर कोरीयाली नागरिकहरुले नेपाल छाडेका छन् । सरकारले संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयलाई पत्र लेख्दै उत्तर कोरियालीले लगानी फिर्ता लगेको जानकारी गराएको छ ।

उत्तर कोरियाको नेपालमा लगानी रहेको भन्दै राष्ट्र संघ र अमेरिकाले नेपालमाथि दबाव दिँदै आएका थिए । उक्त दबावका कारण सरकारले लगानी फिर्ता गर्न अल्टिमेटम दिएको थियो । सरकारले समयसीमा तोकेरै लगानी फिर्ता लैजान ताकेता गरेपछि उनीहरु नेपालबाट बाहिरिएका हुन् ।

अक्टोबर ३१ बाट भिसा अवधि सकिएका ३३ उत्तर कोरियाली लगानीकर्ताले नेपाल छोडेको जानकारी गृहमन्त्रालयबाट आफूले पाएको उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले बताए ।

उत्तर कोरियाको आणविक हतियार र क्षेप्यास्त्र मोहले विश्वमा खतरा उत्पन्न भएको भन्दै संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले २०५० सालमा नाकाबन्दी लगाउने निर्णय गरेको थियो । २०७५ पुसमा नाकाबन्दी थप कठोर बनाइएको थियो । राष्ट्रसंघले उत्तर कोरियालाई अन्य देशसँगको आर्थिक कारोबारमा प्रतिबन्धसँगै लगानी गर्नसमेत निषेध गरेको छ ।

Comment As:

Comment (0)