ओझेल भित्रका सचेतना अभियान
No icon

बिहीबार काेराेनाकाे १२१७ जना संक्रमित थपिए, थप १२ जनाकाे मृत्यु

२५ मंसिर, बिहीबार। बितेकाे २४ घण्टामा नेपालभर थप १२१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयाेगशालामा ७२३२ जनाको पीसीआर परीक्षण गर्दा ७७४ पुरुष र ४४३ महिला गरी १२१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

योसँगै संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०६४ रहेको छ । हालेसम्म निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ । भने, देशभर १२ हजार ३८६ सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै काेराेनाका कारण नेपालमा मृत्यु हुनेको संख्या १ हजार ६६२ पुगेको मन्त्रालयले जनाएको छ।

Comment As:

Comment (0)