ओझेल भित्रका सचेतना अभियान
No icon

बुटवलमा विश्व पानी दिवस मनाईयाे

३३ओैं विश्व पानी दिवस एक कार्यक्रमबीच पर्यावरण संरक्षण समाज-नेपालले बुटवलमा मनाएकाे छ । "हिमनदी संरक्षण" नाराका साथ विश्वभर याे दिवस मनाइएकाे हाे । यतिबेला विश्व तापमान बढ्दै गईरहेकाेले हिमनदीहरू पग्लिँदै गइरहेका छन् । यसले पानीको स्रोत, नदी प्रणाली र जीवनमा ठूलो असर पारिरहेको वन,वातावरण र जैविक विविधता संरक्षणमा क्रियाशील संस्था सामुदायिक वन समन्वय समिति, पाल्पाका अध्यक्ष दलबहादुर गुरुङले बताए । त्यसैले हिमनदी संरक्षणमार्फत् भविष्यका लागि पानी सुरक्षित गर्नुपर्ने उल्लेखित नाराकाे सन्देश रहेकाे उनले जानकारी दिए । प्रस्तावना पत्र पेश गर्दै उनले पानीकाे स्राेत संरक्षण र सदुपयाेगमा सबैले चिन्तन गर्दै भविष्यमा पानीकाे मात्रालाई घट्न नदिन संरक्षणमुखी अभियान सञ्चालन गर्नुपर्नेमा उनकाे तर्क थियाे । 

कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सदस्य माननीय भाेजप्रसाद श्रेष्ठले प्रकृतिप्रदत्त पानीलाई समयमै संरक्षण र सहीसदुपयाेग नगरिएमा भविष्यमा शुद्व पानीकाे हाहाकार हुने बताए । पानी-जिन्दगानीकाे यथार्थ नारालाई सबैले आत्मसात् गर्नुपर्नेमा उनकाे जाेड थियाे । साेही कार्यक्रममा संविधानसभा सदस्य माननीय नेत्रप्रसाद पन्थीले विगतकाे तुलनामा यतिबेला पानीका मुहानहरु सुक्दै गएकाे र सिंचाईमा समेत प्रत्यक्ष असर पुगी उत्पादनमा क्षति पुगेकाे बताए । पिउने पानी र सिचाई गर्ने पानीकाे अभावले मानवजीवनमा ठूलाे असर पर्न सक्ने उनले बताए । 

कार्यक्रममा लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य माननीय डा.कृष्ण न्याैपानेले पानी जाेगाउन सचेतीकरण र सार्थक सहभागिता सबैकाे हुनुपर्ने ओैंल्याए । उनले पानीकाे विकल्प पानी नै रहेकाे समेत उल्लेख गरे । 

उक्त कार्यक्रमकाे आयाेजक संस्थाका अध्यक्ष गङ्गा पाेखरेलले जलवायु परिवर्तनकाे असर र पानी प्रयाेगकर्ताहरुकाे उचित व्यवस्थापनमा अभाव देखिएकाले पानीकाे हाहाकार हुन सक्ने बताउँदै विश्व पानी दिवसले पानीप्रतिकाे सचेतना बढाएकाे उल्लेख गरिन् ।

Comment As:

Comment (0)