क्षमता अभिवृद्धि तालिम सुरु
वडा सञ्जाल विकास समिति, तिलाेत्तमा-१३ ले दलित महिलाहरुका लागि समुदायमा आधारित क्षमता विकास तालिम शुक्रबारदेखि सुरु गरेकाे छ ।
द्विदिवसीय उक्त कार्यक्रमकाे उद्घाटन गर्दै वडाध्यक्ष नारायण ढकालले दलितहरुका लागि संविधानले विविध हक,अधिकार प्रदान गरेतापनि दलित समुदायले त्यसलाई सही सदुपयाेग गर्न नसकेकाे बताए । उनले दलित महिलाहरुलाई सक्षम र याेग्य बनाउन क्षमता अभिवृद्धि तालिमकाे आयाेजना गरिएकाे बताए ।
तालिमका सहभागीहरुलाई वडा सदस्य सम्झना परियारले स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पारेकी थिईन ।
कार्यक्रममा कराैली टाेल विकास संस्थाका अध्यक्ष अमरबहादुर राना र दलित नेता संजीव रणपालले दलित जातिलाई अग्रसर गराउन तालिम प्रभावकारी हुने बताए ।
तालिममा सामाजिक अभियन्ता दलबहादुर गुरुङ र सामाजिक उद्यमी गीतारानी बलाल मगरले क्षमता अभिवृद्धिकाे अर्थ,वृद्धिका तरिका, उद्यमशीलता,उद्घाेषण र भाषण कलासम्बन्धि विषयवस्तुमा सहजीकरण गरेका छन् ।
सहभागीहरुका तर्फबाट लिला परियार र संगीता परियारले पहिलाे दिनकाे तालिमबाट आफूहरुले धेरै कुरा सिक्न पाएकाे अनुभव सुनाए । तालिमलाई मनाेरञ्जन दिन रितिका परियारले नृत्य प्रदर्शन समेत गरेकी थिईन् ।
रुद्र तिवारीकाे सञ्चालन र संस्थाका अध्यक्ष हाेमबहादुर छन्त्यालकाे अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएकाे थियाे ।
