ओझेल भित्रका सचेतना अभियान
No icon

हाम्रो गोरेटो परिवार दशैको शुभकामना दिदै टिकाको साइत १०बजेर १९ मिनेट जादा उतम रहेको छ

बिजया दशमिको उपलक्ष्यमा हाम्रो गोरेटो परिवारले शुभकामना दिदै दशै मनाउन अनुरोध गरेको छ । नेपालीहरुको महान पर्व दशैको शुभकामना दिदै  टिकाको साइत १०बजेर १९ मिनेट जादा उतम रहेको छ ।  उपलक्ष्यमा देश बिदेश रहनुभएका बुबा आमा दाजुभाइ दिदिबहिनीलाइ खुसिकासाथ दशै मनाउन समेत हाम्रो अनुरोध रहेको छ ।  

 विजयादशमी दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन हो । घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । 

टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १०ः१९ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।  विजयादशमी आफैंँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उनले बताए । “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभसाइतमा टीका लगाउँदा साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ” धर्मशास्त्रविद् प्रा डा गौतमले भने ।

 

 

 

Comment As:

Comment (0)