अभौतिक संस्कृति सम्पदा सूचीकरण गराउन अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

रूपन्देही जिल्लाको कञ्चन गाउँपालिकाको सभाहलमा हाम्रो सम्पदा हाम्रो पहिचान भन्ने मूल नाराको साथ अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरण तथा व्यवस्थापन सम्बन्धी एक दिने अन्तरक्रियात्मक गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। 
कार्यक्रममा प्रमुख अतिथी आदिवासी जनजाति आयोगका अध्यक्ष माननीय रामबहादुर थापा मगरले संविधानको धारा ४ र ३२ बमोजिम आदिवासी जनजातिका अधिकार संरक्षण प्रवर्धन र अनुमोदन गराउन सिफारिस गर्ने बताउनुभयो। उहाँले आदिवासी जनजाति सँग विभिन्न खालका कलाका अभौतिक सांस्कृतिक एवं पुर्ख्यौली कला सीपको क्षमता रहेको बताउनुभयो।

सो कार्यक्रममा डा. मिन श्रीसले अभौतिक सांस्कृतिक के हो र यसको प्रभावकारिताको विषयमा सहजीकरण गर्नुभएको थियो। उहाँले अभौतिक सांस्कृतिक सम्पदामा भाषासहितको मौखिक परम्परा तथा अभिव्यक्त,अभिनय कला,सामाजिक व्यवहार अनुष्ठान तथा चाडपर्व उत्सव त्यस्तै प्राकृति र ब्रह्माण्ड सँग सम्बन्धित ज्ञान तथा व्यवहार र परम्परागत कला कौ
शलता जस्ता मानवीय जीवनसँग सरोकार राख्ने कुराहरूलाई सूचीकृत गराउन जनचेतना फैलाउन देशका ७ वटै प्रदेशमा पुग्ने कुरा समेत बताउनुभयो।
अहिलेसम्म विश्व सम्पदा क्षेत्र युनिस्कोको सूचीकरणमा चार भौतिक सांस्कृतिक सम्पदा २ काठमाडौँ उपत्यका स्वयम्भू र हनुमानढोका, पाटन,भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, बौद्धनाथ र पशुपतिनाथ तथा प्राकृतिक सम्पदा २ चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज त्यसैगरी अभौतिक सांस्कृतिक सम्पदा राष्ट्रिय सम्पदाको सूचीकरणमा एकमात्र यमोरी सूचीकृत भएको छ। त्यस्तै नेपाल सरकारलाई संयुक्त राष्ट्र संघ(UN)को शैक्षिक,वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले नेपालललाई सन् २०१०मा अनुमोदन गरेको बताउनुभयो। अन्तरक्रिया कार्यक्रममा अतिथि को रुपमा कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी पुन र कञ्चन गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचनले समेत उक्त कार्यक्रममा सम्बोधन गर्नुभएको थियो। 
कार्यक्रम कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको सभापतित्वमा सम्पन्न भएको थियो भने उहाँले हाम्रो पालिकाभित्र रहेका अभौतिक सम्पदाहरु आयोगसँग सल्लाह समन्वय गरी कार्यविधि बनाएर पास गर्नेछौ र अभौतिक सम्पदाहरूलाई सूचीकरणको लागि सहयोग गर्ने वचनबद्धता राख्नु भयो। यसैगरी कञ्चन गाउँपालिकाको प्रशासकीय अधिकृत माधवप्रसाद पोख्रेलले स्वागत मन्तव्य राख्नुभएको थियो।
