ओझेल भित्रका सचेतना अभियान
No icon

मगर जातिको इतिहास र राज्य संरचनामा सहभागिता


धन बहादुर पुन (किर्तिमान )
                                                         

१) भुमिका :
नेपालमा विशेष गरेर ३ थरिका मानिसहरुको विभिन्न समयमा आगमन भई नेपाली समाजको सामाजिक संरचना निर्माण भएको पाइन्छ । यसरी प्रवेश गरेका मानव समुह मध्ये आज विभिन्न जात(जातिमा विभाजन भई झन्डै १२५ जाति भएको पाईन्छ । यसै यथार्थतालाई आत्मसाथ गर्दै नेपालको संविधान २०७२ले आफ्नो प्रस्तावनामै स्पष्ट भाषामा भनेको छ, बहुजातिय, बहुभाषा, बहुधार्मिक, बहुसाँस्कृतिक र भौगोलिक विभिधता युक्त बहुराष्ट्रियता युक्त एक स्वतन्त्र र अभिभाज्य राष्ट्र हो । संविधानको यसै प्रस्तावनाले सिंगो नेपाली समाजको विविध जातिहरु बिच एकता, समानता, स्वतन्त्रता र पहिचानको एकै प्याराग्राफमा ब्याख्या गरेको छ । तथापी संविधानको यो ब्यवस्थालाई ब्यवहारमा कार्यान्वयन गर्न अझै बाँकी छ । राज्यसत्ता सञ्चालन गर्ने शासकहरु बाट सयौ वर्ष देखि विभिन्न खाले शोषण, दमन, अत्याचार र विभेदबाट प्रताधित यहाँको लाखौ-लाख आदिवासी जनजातिहरु अझै पनि ठूलो उप्तिडनकै पर्खाल भित्र कैद छन् । यसै जाति मध्ये सबै भन्दा ठूलो जनसंख्यामा रहेको आदिवासी रैथाने मगर जातिको इतिहास र उनीहरुको राज्य सत्तामा सहभागिता कस्तो छ रु भन्ने विषयमा केन्द्रित रहेर यो सानो आलेख पस्कने जमर्को गर्दै छु । ऐतिहासिक पहिचान, जातिय सहअस्तित्व, समानता र स्वतन्त्रता सहितको सद्भावयुक्त समाजको निर्माणमा मगरहरुको भूमिका कस्तो रहेको छ र अव कस्तो हुनुपर्छ भन्ने कुरा सबैले जान्न जरुरी ठानेको छु । 

२) नेपालमा मानव जातिको आगमन :
नेपालमा मानव जातिको आगमन कि उत्पत्ति भन्ने विषयमा इतिहासकारहरु एकमत देखिदैनन् । आज सम्मका अधिकांश खोज अनुसन्धान र तथ्यले नेपालमा मानव जातिको आगमन भएको हो भन्ने देखाउँछ । खास गरी इसा पुर्व ३१०० तिर मंगोलिया देशको दक्षिण पामिर पठार देखि पुर्व र चिनको तिव्वतदेखि उत्तरी क्षेत्रमा भीषण भौगर्भिक प्रलय भएको र उक्त भीषण प्रलयका कारण त्यहाँको क्षेत्र सामुन्द्रिक आँधिले बलौटे बन्न पुगेको पाईन्छ । त्यसपछि त्यहाँ बसोबास गर्दै आएका मानिसहरु उर्वर भूमिको खोजिमा चिनको पामिर हुँदै दक्षिण भारतिय महादिपतिर बसाई सरेको पाईन्छ । अर्कोतिर इसापुर्व ३५०० तिर भारतमा पर्ने सिन्धु नदीको अति उर्वर टटिय क्षेत्रमा मंगोल जातिका मानिसहरुले बसोबास गरेको भन्ने छ । यिनै प्रजातिको अर्को मानव समुह भारतको आसाम दिमापुर हुँदै पाटक पतञ्जलीबाट लगभग इसापुर्व १३०० तिर नेपाल आएको देखिन्छ । यसैगरि मानव जातिको अर्को समुह इसपुर्व १५०० देखि १००० तिर नेपाल प्रबेश गरेको पाइन्छ । अर्कातिर सिक्किमको युद्धमा धेरै नोक्सान बेहोरेर बाँचेका मगर फौजहरु काङवाचेन उपत्यको उर्वर भूमिलाई सदाका लागि त्यागेर दक्षिण पश्चिमको भूगोलतिर लागेको र पछि पाँचौ शताब्दीतिर आएर  हालको मध्य नेपाल बिरगंजको उत्तर पुर्व ६ माइलमा पर्ने सिमागडमा गई बसोबास गरेको पाईन्छ । उपरोक्त फरक(फरक तर मिल्दो(जुल्दो तथ्यले के कुराको पुष्टि गर्दछ भने नेपालमा मानव जातिको उत्पत्ति नभई प्राचिन कालमा मानव जातिको आगमन भएको हो भन्ने जनाउँछ । त्यस समयमा नेपालमा आएर बसोबास गर्ने मानव समूहहरु मंगोलबंशका मगरहरु नै थिए भन्ने कुराको पनि यसै तथ्यले स्पष्ट पारेको छ । उनिहरु मझौला कदका, गहुँ गोरो वर्णका, चिम्से आँखा र थेप्चे नाक भएको हाड पाखुरा र तिघ्रा मोटो मानिसहरुको त्यो समूह र आजको मंगोल तथा मगरहरुको शारिरिक बनावट मिल्न आउँछ । त्यसैले नेपालमा मगरजाति प्राचिन ढुङ्गेयुगमै प्रबेश गरेर यहाँको घना जंगल तथा बंजड भूमिलाई आवाद गरेर पहिलो मानव बस्ती बसालेको पाईन्छ । त्यही आदिवासी रैथाने भूमि पुत्रका सन्तानहरु नै आजका मगरहरु हुन् । 
नेपाली समाजमा यदाकदा उठ्ने गरेको छ कि मगर अर्थात मंगोलहरुको उत्पत्ति यहि भूमिबाट भएको भनेर । संस्कृतिविद् पुर्व माननिय बम कुमारी बुढा मगर र पुर्व मन्त्री बालाराम घर्ति  मगरहरुको छुट्टा-छुट्टै खोजमा हालको रुकुम जिल्ला मैकोट अन्तर्गत पेल्माखार र योमाखार ओदार (पुप) बाट उत्पत्ति भई दुई भाइ गोरा र काला मध्ये गोराका सन्तान रिडी गण्डकी देखि पुर्व फैलिएर १२ मगरात निर्माण गरेको र कालाका सन्तान रिडी गण्डकी देखि पश्चिम दक्षिण फैलिएर १८ मगरात राज्य गरेको भन्ने छ । इतिहासको यो आधार पुर्ख्यौली आख्यान र जनश्रुतिमा सिमित देखिन्छ र यसले थप तथ्यगत आधारको माग गर्दछ । यसै गरि पछिल्लो समयमा भेटिएको ९पाल्पा जिल्ला दोभान गाविस अन्तर्गत उपल्लो सिद्बबाबा क्षेत्रमा (प्राचिन मानव अवशेष (बंगरा) यसलाई आदि मानव रामापिथेकस नाम राखिएको छ । यो बंगराको प्रारम्भिक अनुसन्धानले करिब १ करोड १० लाख वर्ष पुरानो हुन सक्ने अनुमान गरिएकाले मंगोल नेशनल अर्गनाइजेशन पार्टिले राजनीतिक नारा बनाई आज संसार भरि फैलिएका करोडौ मंगोलहरुको एउटै पुर्खा रामापिथेकस हो भनेर प्रचार गरेको देखिन्छ । यसको पनि अनुसन्धानकै क्रममा भएकाले मानव जातिको उत्पत्ति यहि भएको भनेर भन्न गाह्रो छ । 

३) मगरहरुको भाषा र संस्कृतिको विकास 
नेपालमा बसोबास गर्ने मगरहरुले खास गरी मगर खाम, मगर ढुट र मगर काइके गरी ३ वटा मुख्य भाषा बोल्ने गर्दछन् । यि ३ मुख्य भाषाको अलवा सबै भाषाका दर्जनौ भाषिकाहरु भेटिन्छन् । नेपालमा बसोबास गर्ने अन्य सबै जात(जातिहरुको एउटै भाषा छ । तर मगरहरुको ३ प्रकारको भाषा किन भयो रु भन्ने विषयमा कतिपयको तर्क छ शाषकहरुले हाम्रो भाषा माथि प्रतिबन्ध लगाएर यसो भएको हो । यो बिल्कुल गलत तर्क हो । बरु सत्य के हो भने मगर जातिको भाषाको विकास नै नेपाली भूमिबाट भयो र भाषाको विकास हुँदै गर्दा यहाँका मगरहरु फरक(फरक समुहमा बसेका थिए किनकि उनिहरु यहाँका भूमिपुत्र थिए तसर्थ उत्पत्तिमै ३ थरि भाषाको उत्पत्ति भएको हो भन्न सकिन्छ । तथ्यहरुले पनि यहि पुष्टि गर्दछ । अर्को तर्क मगरहरुले कुनै मठ(मन्दिर बनाएर पुजा गर्दैनन् । बरु ठुला(ठुला ओदार, भिरपहरा, पानीका मुहान आदिमा गई देवी देउराली, भूतप्रेत र आफ्नो दिवंगत पितृको पुजा गर्ने गर्दछन् । त्यसैले पनि उनिहरु प्रकृति पुजक छन् । जुन समुदाय प्रकृतिप्रेमी छ त्यो समुदाय अनिवार्य त्यहाँको भुमिपुत्र हुन जान्छ । साथै आजका आधुनिक लोक संस्कृति र सभ्यताको जग पनि मगरात सभ्यता नै हो । त्यसैले मगर जातिको इतिहास प्राचिन मात्र छैन बर्तमान आधुनिक नेपालको सभ्यता विकासमा पनि अमुल्य छ भन्न सकिन्छ । 

४) राज्य संरचनामा मगरहरुको सहभागिता :
नेपालका मगरहरु प्राचिन मानव जाति मात्र होइनन् । नेपाली समाजको प्राचिन संस्थापक राज्य सञ्चालक पनि हुन् । प्राचिन स(साना गण समाज हुँदै गण सभा र गण राज्य संचालन गरेका राजा र राजपुतका सन्तानहरु हुन् मगर । मगर अर्थात मंगोल जातिले संचालन गरेको त्यो गण राज्य नै पहिलो नेपाली समाज थियो । पाँचौ शताब्दिको वरिपरिबाट शुरु भएको प्राचिन मगरात गणराज्य झन्डै १००० वर्ष चलेको अनुमान छ । प्रत्येक ३र३ वर्षमा जनताबाट राजा चुन्ने लोकतान्त्रिक परिपाटी भएको समानतामा आधारित र सामाजिक सद्भावको संस्कृति रहेको यो प्राचिन मगरात राज्य नेपालको पहिलो सामाजिक सत्ता थियो । यो राज्य कुनै प्रकारको निरंकुश वा वंशीय प्रणालीमा थिएन । 

५) बाइसे र चौबिसे राज्यमा मगरहरु :
नेपालमा मंगोल समुदायको बसोबास भएको हजारौ वर्ष पछि ११ औं शताब्दीतिर योगी र सन्यासीको भेषमा सयौंको संख्यामा पहेलो बस्त्रधारी मानव जातिहरु दक्षिणबाट असंगठित रुपमा नेपाल प्रबेश गरेको देखिन्छ । यसरी प्रव्श गर्का ति मानिसहरु विभिन्न ठाउँमा ऋषिमुनिको धारणमा शरण लिएर बस्ने ध्यान तपस्या गर्ने गर्दै हिमाल देखि तराई सम्मका विभिन्न ठाउँमा फैलिएर बस्न थाले । उनिहरुले खासै स्थायी बस्ती बसालेको देखिदैन । त्यसैगरि अर्को १०० वर्षपछि १२ औं शताब्दीमा दक्षिण भारतको उत्तराखण्ड वरपर चलेको हिन्दु र मुस्लिमको अमानविय लडाईमा पराजय भएर हजारौंको संख्यामा नेपाल प्रवेश गरेको अर्को मानव समुह हो आर्यजाति । उक्त आर्य समुदायको समुहगत आगमन पश्चात नेपालमा सञ्चालित १२ मगरात र १८ मगरात गण राज्यहरु थपिन पुगी २२ से र २४ से राज्य रजौताको विस्तार भयो । ठिक यसै समयबाट नेपाललाई २२र२४ से राज्य भन्न थालियो । २२र२४ से राज्य रजौटामा प्राचिन मगरात गण राज्यहरु स्वतन्त्र नै रहेको पाईन्छ । बरु कयौं नयाँ टाकुरे राज्यहरु थपिएको पाईन्छ । यो अवधिमा नेपालका विभिन्न ठाउँमा मगर, राई, लिम्बु, लामाङ्ग, गुरुङ्ग, नेवार, क्षेत्री लगायत जातिको आफ्नै सुरक्षा फौज र मुद्रा सहितको राज्य सञ्चालन भएको पाईन्छ । यो २२र२४ से राज्य रजौटा लगभग ४ सय वर्षसम्म चलेको देखिन्छ । यो अवधिमा नेपालको यकिन(ठोस) सिमाना नै थिएन । 

६) नेपाल एकिकरणमा मगरहरुको भुमिका :

१६१६ मा लमजुङ्गका राजा यशोब्रहम् शाहका छोरा द्रव्य शाहले गोर्खा चौताराको लिगलिगे दौड जितेर लिगलिगकोटको राजा भएपछि पहिलो पटक गोर्खा दरवारबाट मगर राजाको पतन भएको थियो । तथापि राजा द्रव्य शाहले आफ्नो राज्यको राज्यको पहिलो प्रधानन्यायधिसका रुपमा गंगाराम राना मगरलाई चयन गरेको देखिन्छ । प्रत्येक ३र३ वर्षमा जनताका छोराहरुलाई दौडाएर राजा चुन्ने प्रचलनको अन्त्य गरेर द्रव्य शाहले वंशीय राज्यको शुरुवात गरेका थिए । आफ्नो बाजेको यही मलो समाउदै द्रव्य शाहका नाती पृथ्वीनारायण शाहको यो अभियानमा विशेष लडाकुका रुपमा मगर फौजहरुले लडेको पाईन्छ । किन र कसरी उसको फौजमा संगठित भए भन्ने कुरा इतिहासकै गर्भमा छ । तर विभिन्न ठाउँमा रहेको मंगोल र गैर मंगोल राज्यहरुलाई  कब्जा गर्ने अभियानमा मगरहरुको ठुलो संख्यामा फौजलाई प्रयोग गरेको पाइन्छ । यो एकिकरण अभियानकै क्रममा मगरहरु फौजी कमाण्डर इन चिफ देखि झण्डै आधा दर्जन मगरहरु काजी भएर काम गरेको इतिहास  पाईन्छ । इतिहासको यो तथ्यले के स्पष्ट गर्दछ भने नेपाल एकिकरण अभियानमा मगर जातिको बलिदानीपुर्ण ऐतिहासिक भुमिका छ । तर अन्तिम परिणामले मगरहरु आफ्नै राज्यबाट च्युत भएको र आफ्नो स्वतन्त्र राज्यका बिरुद्ध आफूलाई प्रयोग गरेको कुरा मगरहरुलाई थाहै भएन । 

७) राणाकालमा मगरहरुको सहभागिता :
कालो इतिहासका रुपमा चित्रित कोट पर्व घटाएर १९०४ सालमा प्रधानमन्त्री भएका जंगबहादुर राणाले शुरु गरेको एकतन्त्रिय जहानिया राणा शासन १०४ वर्ष सम्म चल्यो । आधुनिक नेपाल निर्माण पछिको सबै भन्दा निरंकुश र कुलिन शासनका रुपमा चिनिन्छ राणा शासन । राणाकालमा मगरहरु विशेषगरि सेनामा सहभागी भएको देखिन्छ । क्याप्टेन लखन थापा मगर जनरल उजिरसिं थापा मगर, जनरल भिमसेन थापा मगर, जनरल अमरसिं थापा मगर, जनरल भक्ति थापा मगर, बलभद्र कुंवर मगर सम्मका उच्च कमाण्डर भएर राष्ट्रिय स्वतन्त्रताको लडाईमा अंग्रेजी फौजका विरुद्ध विरतापुर्ण लडाई लडेको इतिहास छ । यि सबै कमाण्डरहरु मगर हुँदा-हुँदै पनि पछि आएर राज्यले क्षेत्रीको उपमा दिई जातिय अपभ्रंस गरेको छ । यसरी हेर्दा मगरहरुले नेपाली राष्ट्रियता र सार्वभौम स्वतन्त्रताका लागि महत्वपुर्ण भुमिका निर्बाह गरेको पाईन्छ । दुखद घटना यसरी लडेका उनिहरुलाई सम्मान गर्नुको सट्टा १९१० को मुलुकी ऐन मार्फत कानुनी रुपमा राज्यको दोस्रो नागरिक बनाई उत्पिडनमा पार्ने काम गरियो । 

८) पञ्चायतकालमा मगरहरुको सहभागिता :
२००७ सालमा प्राप्त प्रजातन्त्रको राजा महेन्द्रद्बारा २०१७ मा हत्या गरि अगाडि बढेको पञ्चायती व्यवस्था ३० वर्षसम्म चल्यो प्रत्यक्ष राजाको शासनमा आधारित यो व्यवस्था राजा महेन्द्र र उनका छोरा राजा विरेन्द्र गरी दुई पुस्ताले चलाएका थिए । इतिहासमा उदार छवि बनाएका यि राजाहरुको पालामा मगरहरुले अलि बढी सहभागिता पाएको देखिन्छ । बालाराम घर्ति मगर, गिरी प्रसाद बुढाथोकी मगर मन्त्री र उत्तम पुन र भिम बहादुर बुढाथोकी मगरहरु सहायक मन्त्री भएर काम गरेको देखिन्छ । यसैगरि दुई जना मगरहरु अञ्चलाधीस, आधा दर्जन बढी जिल्ला पञ्चायत सभापती र दर्जनौ संख्यामा गाउँ पञ्चायतका प्रधानपञ्च भएको पाईन्छ । राजतन्त्रको इतिहासमा उदार राजाको छवि बनाएका राजा महेन्द्रले यथाशक्य समानता कायम गर्न खोजेको स्पष्ट देखिन्छ र त्यसको प्रत्यक्ष फाइदा मगर समुदायलाई पुगेको देखिन्छ । राजाको यहि नरमपनकै फाईदा उठाई २०३९ सालमा नेपाल मगर संघको स्थापना समेत भएको छ । 

९) बहुदलकालमा मगरहरुको सहभागिता स्(
२०४६ सालको ऐतिहासिक जनआन्दोलनबाट पञ्चायती ब्यवस्थाको अन्त्य भई राजतन्त्रात्मक संसदिय व्यवस्थाको स्थापना भयो र यो ब्यवस्था २०५८ सालसम्म कायम रह्ययो । नेपालको राजनैतिक इतिहासमा सबैभन्दा अस्थिर मानिन्छ यो ब्यवस्थालाई । यो बहुदलिय ब्यवस्थामा निति निर्माण तहमा मगरहरु पुग्न सकेको देखिदैन मुस्किलले केशरमान रोका मगर सहायक मन्त्री भएको देखिन्छ । भने मगरहरु कुनै पनि मन्त्री बन्न सकेनन् । ३० वर्षिय पञचायती निरंकुशताको बिरुद्धमा भएको परिवर्तनको आन्दोलनमा अतुलनिय भुमिका निर्वाह गर्ने मगरहरुलाई राज्यको पहुँचबाट सचेततापुर्वक पाखा लगाएको देखिन्छ । 

१०) शाहीकालमा मगरहरको सहभागिता :
२०५८ मा राजा ज्ञानेन्द्रले तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवालाई अपदस्त गरि प्रत्यक्ष शासन ब्यवस्था आफ्नो हातमा लिए र २०५८ -२०६३ बैशाख १० सम्म संकटकाल सहितको शाहीशासन सञ्चालन गर्‍यो । शाही शासन कालमा गोरे बहादुर खपाङ्गी मगर, नारायण सिं पुन मगर, मन्त्री भएका छन भने विश्वका आदिवासी जनजातिहरुको अधिकार प्रत्यायोजन गरिएका आई।एल।ओ। १६९ को पक्षमा हस्ताक्षार भएको देखिन्छ । यसैको कार्यान्वयनका लागि ूनेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानू गठन भएको पाईन्छ । यसैगरि अनिवार्य संस्कृति शिक्षालाई ऐच्छिक बनाउने र दलित जातिहरुका लागि बिशेष आरक्षण कार्याक्रमहरु लागु भएको छ । शाहीकालमै भएको नगर चुनावमा कयौं मगरहरु मेयर बनेको देखिन्छ भने दर्जन बढी जि.वि.स. सभापतीहरु मनोनित गरिएको देखिन्छ भ। शासन ब्यवस्था अप्रजातान्त्रिक भए पनि सुधारका धेरै राम्रा कामहरु अगाडि बढेको देखिन्छ । 

११) गणतान्त्रिक ब्यवस्थामा मगरहरुको सहभागिता :
१० वर्षिय जनयुद्धको जगमा सञ्चालित २०६२र०६३ को ऐतिहासिक दोस्रो जनआन्दोलनको बलबाट २०६३ वैशाख ११ गते विघटिट संसदको पुनर्स्थापना भयो  । र पुनर्स्थापित संसदको पहिलो बैठकले राजतन्त्रात्मक संसदीय ब्यवस्थाको ठाउँमा संघीय गणतन्त्रको घोषणा गर्‍यो र राजतन्त्रको विधिवत अन्त्य गरिदियो । यो घोषणा नेपाली राजनितीको इतिहासमा एक युगान्तकारी घटना थियो । तत्कालिन ७ राजनितिक दल  र नेकपा (माओबादी) ले संयुक्त अन्तरिम ब्यवस्थापिका गठन गरेर सहमतिको आधारमा तत्कालिन माओबादीबाट ८३ जना अन्तरिम विधायक पठाउने काम भयो । यो अन्तरिम ब्यवस्थापिका भित्र ११ जना मगर विधायकहरु समावेश भएको देखिन्छ । त्यसैगरि पहिलो संविधान सभाको चुनाव २०६४ मा सम्पन्न भई ६०१ जना संविधान सभा गठन भयो उक्त संविधान सभामा मगर सभासद जम्मा २९ जना अर्थात ४।८२५ सहभागी भएको देखिन्छ र उक्त संविधान सभाले संविधान जारी गर्न नसकि पुनः २०७० मा दोस्रो संविधान सभाको चुनाव भयो र त्यसमा पनि ६०१ सभासदमा मगर संसदहरु जम्मा २१ जना अर्थात ३।४९५ को उपस्थिति देखिन्छ । यी सबै तथ्यलाई हेर्दा मगर जनसंख्याको अनुपातमा राज्य सञ्चालनमा मगरहरुको उपस्थिति निकै नै न्यून देखिन्छ । गणतन्त्र पछाडि मगरहरु हालसम्म उप(राष्ट्रपती १ जना २ पटक, सभामुख १, उप(सभामुख १, मन्त्री ११ जना, सहायक राज्य मन्त्री ५ जना भएको देखिन्छ । नेपालको इतिहासमा मगर राष्ट्र प्रमुख १७७८ मा सर्वजित राना मगर केही समयका लागि मात्र सरकार प्रमुख भएको देखिन्छ । यो बाहेक कतैपनि मगरहरु कार्याकारी प्रमुख भएको देखिदैन । 

१२) न्याय प्रशासनमा मगरहरुको सहभागिता :
नेपालको न्याय प्रशासनको इतिहासलाई हेर्ने हो भने प्रथम न्यायधिस मगर भएको देखिन्छ । राजा द्रव्य शाहले राजकाज चलाउँदा १६१६ मा गंगाराम राना मगरलाई प्रधानन्यायधिसरन्यायप्रशासक बनाएको थियो । त्यस अलवा सर्वोच्च अदालतको न्यायधिस १, पुनरावेदन अदालतको न्यायधिस १ जना र जिल्ला अदालतको न्यायधिस १ जना मात्र रहेको पाईन्छ । पछिल्लो समयमा मगरहरु न्यायिक क्षेत्रतिर धेरै कम देखिन थालेको छ । 

१३) निष्कर्ष :
नेपालको राष्ट्रिय राजनीतिमा मगरहरुको सहभागिताको यो तथ्याङ्कले मगरहरु राज्यको नीति निर्माण तहमा अत्यन्तै न्यून रहेको देखाउँछ । यो मगर समुदायको लागि दुःखदायी विषय हो । राज्यका महत्वपूर्ण अंगहरु कार्यपालिका, ब्यवस्थापिका र न्यायपालिकामै मगरहरुको उपस्थिति न्यून हुनु चिन्ताको विषय मात्र होइन । मगरहरुको जातिय, भाषिक, धार्मिक, आर्थिक, सामाजिक र राजनैतिक अधिकारबाट बञ्चित हुनुपनि हो । त्यसैले आगामी पुस्ताले गुणस्तर शिक्षालाई पहिलो प्राथमिकता दिइ मगर समुदायलाई आत्मनिर्भरका साथ राज्यको हरेक अंगमा निर्णायक र अर्थपुर्ण सहभागिता गराउन जरुरी छ । तबमात्र मगर जातिको उन्नती र प्रगती संभव छ । 

                                                                                                                                   लेखक : नेपाल मगर संघ केन्द्रिय समितिका सदस्य हुनुहुन्छ ।

 

 
 

Comment As:

Comment (0)