ओझेल भित्रका सचेतना अभियान
No icon

रुपन्देहीको सैनामैना मा प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिता २१,२२ हुने भएको छ

रुपन्देहीको को सैनामैना मा प्रथम मेयरकप ब्याड्मिन्टन प्रतियोगिता सैनामैनामा हुने भएको छ । सैनामैना नगरपालिकाको संरक्षकत्व तथा दुुधराक्ष युवा क्लब सैनामैनाको ब्यवस्थापनमा जिल्ला स्तरीय बि लेवलको खुल्ला प्रथम मेयरकप ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार  सम्मेलन  गरि जानकारी दिएको छ  । यहि फाल्गुन २१ र २२ गते हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक ले जनाएको छ 

जिल्ला भरिका खेलाडीहरुले सहभागिता जनाउने उक्त प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपिया नगद राशी,द्धितियले ३३ हजार ३सय ३३ र तृतियहुने दुई टिमले जनहि ११ हजार। १ सय ११ सहित शिल्ड,ट्रफि,प्रमाण पत्रसमेत प्राप्त गर्नेछन् । प्रतियोगितामा ३० टिमको सहभागिता रहने खेल संयोजक तथा क्लबका सहसयोजक पदम पाण्डले जानकारी दिए । खेल संयोजक पाण्डेका अनुसार उक्त प्रतियोगिता सम्पन्न गर्न ४ लाख १० हजार सम्म लाग्ने अनुमान गरिएको छ भने सैनामैना नगरपालिका,अन्य विभिन्न संघसस्थाहरुको स्पोन्सरमा आर्थिक ब्यवस्थापन गरिदै छ । प्रतियोगिता सैनामैना ६ कलौनी स्थित कालमोचन मन्दीरको दुधराक्ष कोर्टमा हुदैछ । साथै सोहि अवसरमा क्लबको जर्सि पनि सार्वजनिक गरिएको छ ।

खेलकुद क्षेत्रको श्रीबृद्धिका लागी ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्न लागीएको क्लबका अध्यक्ष विष्णु पाण्डेले बताए । जिल्ला भरिका अनुभव प्राप्त खेलाडीहरुको पनि सहभागिता हुने हुदाँ स्थानीय क्षेत्रमा रहेका खेलाडीहरुले समेत सिक्ने र अवसर पाउने पाण्डेले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीले अव आउने वर्ष देखि आफनै नगरभित्रको राष्ट्रिय स्तरको खेलमैदानमा प्रतियोगिता हुने दावि गरेका छन् । क्रिकेट,फुटबल लगायतका लागी खेलमैदानको निर्माण भइरहेको जानकारी दिदै मेयर कार्कीले खेलकुदको विकासमा पनि नगरले उत्तिकै चासो दिइको तर्क गरे ।

स्थानीय खेलाडीकोहरुलाई ब्यावसायिक खेलाडी उत्पादन गरि सैनामैनाको गरिमा अन्र्तराष्ट्रिय स्तरमा चिनाउने दृढता समेत ब्यक्त मेयर कार्कीले गरे । कार्कीले नगरस्तरीय खेल समितिका लागी प्रारम्भ चरणका छलफल सकिएको बताउदै चाडै नै समिति निर्माण गरि खेल क्षेत्रलाई ब्यवस्थीत बनाउन नगर लागी परेको बताए । ब्याडमिन्टन खेल एक शारीरिक तन्दुरुस्त हुने र सवै खेल्न सक्ने बताउदै यसको विकास लागी नगरपालिकाले सहयोग गरिरहेको समेत बताए ।

सोही क्लबले स्थापना गरेको अक्षयकोष बापतको रु.३० हजार रकम रामापुर माध्यमिक विद्याललाई हस्तान्त्रण गरेको छ । विगतमा क्लबले गरेको सास्कृति कार्यक्रमबाट रकम संकलन गरिएको थियो ।रामापुर विधालयमा अध्ययनरत विपन्न परिवारका विधार्थीहरुलाई शैक्षिक सामाग्री तथा पोशाकमा उक्त रकम खर्च गरिने विधालयका प्रधानाध्यापक कृष्ण पौडेले बताए ।

कार्यक्रम दुधराक्ष युवा क्लबका अध्यक्ष विष्णु पाण्डेको अध्यक्षता,सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता,सैनामैना वडा न.६का वडा अध्यक्ष बसन्त पाण्डे,वडा न.७का वडा अध्यक्ष डिलाराम बेल्बासेको विशिष्ट आतिथ्यता तथा क्लबका सल्लाहकार नारायण न्यौपानेको आतिथ्यतामा कार्यक्रम भएको हो ।कार्यक्रममा नारायण खनालले मन्तब्य राखेका थिए । सैनामैना वाटर वल्र्डमा भएको पत्रकार सम्मेलन कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष किरण पोख्रेलको स्वागत तथा सह सचिब पदम पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।

Comment As:

Comment (0)