ओझेल भित्रका सचेतना अभियान
No icon

भारतीयअग्निपथ योजना

                                                                                                                                                                                                          पूर्व कर्णेल धनबहादुर मास्की राना

पृष्ठभूमि 
    नेपाल, भारत र बेलायतको त्रिपक्षीय सम्झौताअनुसार नेपालीयुवाहरुलाई भारतीय र ब्रिटीश सेनामाभर्ती भई बहादुरी पूर्वक सैन्य सेवामाकार्यरत हुने अवसर प्राप्तभएको तथ्यहामी सबैलाई जानकारी नै छ । २०६ वर्ष अघिदेखि ब्रिगेडियर सम्मकापदमा रहीजिम्मेवारी सम्हालेका छन् । क्षमता, दक्षता, सीप र कौशलकाआधारमाभारत सरकारले नेपालीयुवाहरुलाई ब्रिगेडियर सम्मको जिम्मेवारी दिने परम्परा रहीआएको छ । नेपाल–भारत मित्रताकाविभिन्नआयमहरुमध्ये नेपालीयुवाहरु भारतीयसेनामाभर्ती भई सेवागर्ने अभ्यास एउटा महत्वपूर्ण कडी हो । नेपालमापर्याप्तरोजगारीका संभावनाहरुको अभावमाभारतीय सेनामाभर्ती हुनजानुपर्ने नेपालीयुवाहरुको रहर नभई परिस्थितिजन्यबाध्यताहो । पहिलो र दोस्रो विश्वयुद्धमा नेपालीहरुले कायम गरेको वीर गोर्खालीको उपनामबाट सैन्य सेवालाई सम्मानजनक पेशाको रुपमा स्थापित गरेको छ । हाल सम्म भिक्टोरिया क्रस तक्माप्राप्तगर्ने २३ जना सैनिकहरुमध्ये १३ जना नेपालीहुनुले पनिवीर गोर्खालीको सम्मानलाई प्रमाणित गरेको छ ।
    भारत सरकारले अग्निपथ योजनाकार्यान्वयन गरेपछि नेपाल सरकारले नेपालीयुवाहरुलाई भारतीय सेनामाभर्ती हुनबञ्चित गरेको छ ।अग्निपथ योजनाको बारेमा नेपाल सरकारको पक्षबाट कुनै नीतिगत निर्णय नभएकोले हजारौँ नेपालीयुवाहरु तालिमलिएर÷सिकेर पनिविगत ३ वर्षदेखि भारतीय सेनामाभर्ती हुनपाएका छैनन् ।यदिभारतीय सेनामा नेपालीयुवाहरुको प्रवेश नहुने हो भने वीर गोर्खालीको ऐतिहासिक परम्परा समाप्तभई वार्षिक रुपमा नेपालभित्रिने करीव ८ मिलियन डलर (सेवारत र पेन्सन गरी रु. साढे १० अर्ब) विप्रषण समेत बन्दभई नेपालले ठूलो आर्थिक क्षतिव्योहोर्नु पर्ने अवस्था सृजना हुन्छ ।

अग्निपथ योजनाकाविशेषताहरु
    यस योजनाअन्तर्गत भारतीय सेनामाकार्यरत सैनिकहरुले ४ वर्ष मात्र सेवागर्न पाउनेछन् ।
    चार वर्षको सेवाअवधि पछि छनौट नभएका७५% सैनिकले सुनौलो अवसर (न्यमिभल ज्बलम क्जबपभ) मार्फत भारु ११ लाखमात्रप्राप्त गरेर सेनाबाट बिदाई गर्ने व्यवस्था गरेको छ ।
    यो योजनाले भारतीय सेनामाकार्यरत सामान्यसिपाही र अग्निपथवीर बीच फरकपना देखिएको छ ।
    अग्निपथ योजनाभन्दापहिले प्रतिवर्ष २००० देखि २५०० सम्म नेपालीयुवाहरु भर्तीहुन्थे । यस योजनापछि यदिभर्ति सुचारु हुने हो भनेआगामीदिनमा३००० देखि ४००० युवाहरु भर्तीहुनेछन्  ।


सुझावहरु
    अग्निबीरहरुको सेवाअवधिलाई ४ वर्षबाट बढाएर कम्तीमा १० वर्ष पु¥याउनुपर्दछ ।
    ४ वर्षपछि छनौट भई सेनामाकार्यरत हुनपाउने व्यवस्थालाई २५% बाट बढाएर ५०% पु¥याउनुपर्दछ ।
    अग्निवीरबाट ४ वर्ष पछि सेवानिवृत्त भएको नेपालीयुवाहरुलाई भारत सरकारले वैकल्पिक क्षेत्रमास्थायी रोजगारीको व्यवस्थाअनिवार्य रुपमागर्नुपर्दछ। 
    अग्निवीरहरुलाई कम्तीमारु. १ करोडको दुर्घटना विमाको व्यवस्थागर्नुपर्दछ ।
    नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग समन्वय गरी दुई–देशीय बैठकको सहमतिअनुसार यथाशिघ्र भर्ती हुने प्रबन्धगर्नुपर्दछ ।
    भारतीय सेनामा नेपालीयुवाहरुको भर्ती बन्दभएमाभूतपूर्व सैनिकहरुको अस्तित्व र पहिचान नै समाप्तहुने अति संवेदनशीलविषयभएकाले नेपालीका“ग्रेस तथा नेपाल सरकारले गम्भिरतापूर्वक लिनुपर्दछ ।
    भारतले नेपाललाई अन्य सुविधा र अनुदानहरु क्रमश घट्दै जाने तर्फ सचेत रहनु पर्दछ ।

निष्कर्ष
    नेपाल सरकारले अग्निपथ योजनालागू भएपछि नेपालीयुवाहरुलाई भारतीय सेनामाभर्ती हुनप्रतिबन्धलगाएको हुँदाभारतमाअप्रिल, मे माआसन्नआमनिर्वाचन सम्पन्न भएपछि पनिभर्ति सुचारु नहुने हो भने नेपालका समस्तभुतपूर्व सैनिकहरुले आन्दोलनमार्फत नेपाल सरकारलाई भर्ती सुचारु गर्न दबाबदिनुको विकल्प देखिदैन ।
    उक्त संवेदनशीलविषयलाई नवलपुर जिल्लाकामहासमिति सदस्यपूर्व कर्णेल धनबहादुर मास्की रानाले लिलितपुरको गोदावरीमाहालै सम्पन्नभएको काँग्रेसको महासमिति बैठकमा छलफलको विषयबनाउनु भएको थियो । यस विषयले महासमिति सदस्यहरुलाई आकर्षित गरेको थियो । नेपालीका“ग्रेसले केन्द्रीय समितिमागहन छलफल गरेर उक्त कुरालाई नेपाल सरकारबाट निर्णय गराएर चँ“डै नै भारतीय सेनामा नेपालीयुवाहरुको भर्ति सुचारु गर्नुपर्ने आवश्यकताको पहलकदमीगर्नुपर्दछ ।

                                                                                                                                         स्तम्भकार पूर्व कर्णेल धनबहादुर मास्की राना नेपालीकाँग्रेसकामहासमिति सदस्यतथा
                                                                                                                                           नेपालभूतपूर्व सैनिक संघका निवर्तमान सभापतिहुन् ।

Comment As:

Comment (0)