ओझेल भित्रका सचेतना अभियान
No icon

लकडाउन अवज्ञा गर्ने प्रहरी नियन्त्रणमा

 तारा पुन ,
बुटवल ।  कोरोना भाइरस ( कोभीड १९ ) को संक्रमणको महामारीबाट जोगिन सरकारले गरेको लक डाउनले मंगलबार बिहानैदेखि रुपन्देहीको बुटवल,भैरहवा,नवलपरासी, कपिलबस्तुका मुख्य मुख्य शहर  सुनसान बनेको  छ । यहाँका सवारी सधान चलेका छैन् भने पसलहरु बन्द छन् ।

मानिसहरुलाई घर बाहिर निस्किन नदिने र अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न दिने सरकारी निर्णयलाई जनताले स्वीकार गरेका छन् । बसपार्क सुनसान छ । राजमार्ग पनि शान्त देखिन्छ । मानिसहरु घर घर मै बसेका छन् । तर पढ्ने जागिर गर्ने शिलसिलामा काठमाणडाै लगाएतका विभिन्न शहरहरूमा बसिरहेकाहरूका लागि भने  कोरोनाकाे महामारीबाट जोगिन सरकारले गरेको लक डाउनले निजी साधन प्रयाेग गरी लामाे यात्रामा अाएका यात्रुहरू बाटैमा अलपत्र परेका छन् ।

नवलपरासी जिल्लाकाे सुनवलमा लकडाउन अवज्ञा गर्नेको सवारी साधन  सुनवल ईलाका प्रहरीले नियन्त्रणमा लिएको छ । पुर्बी काठमाणडाैं, नारायणगढ ,पश्चिम् बुटवल र दक्षिण परासीबाट आइरहेको सवारी साधन प्रहरीले करीव ५० माेटरसाइकल, स्कुटर लाइ नियन्त्रणमा लिएको छ । 

त्यसैगरी बुटवलमा करीव २०० कार, माेटरसाइकल, स्कुटर नियन्त्रणमा लिएको छ भने रुपन्देहीको सैनामैना नगरपालिकाकाे कलाैनी चाेक, बुद् नगर करीव ५०माेटरसाइकल स्कुटर िनयन्त्रणमा लिएकाे छ । त्यस्तै  कपिलबस्तुकाे ४ नं ,दाङ,प्युठान लगाएतका ठाउहरूमा पनि  मोटरसाइकल र स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना भाईरस नियन्त्रणको लागी सरकारले जारी गरेको लक डाउन सूचनालाई अवज्ञा गरि सडकमा हिड्दा यात्रुहरू आफ्नै कारणले दु:ख पाईरहेकोे प्रहरीले जनाएको छ ।

Comment As:

Comment (0)