ओझेल भित्रका सचेतना अभियान
No icon

१३औं संस्करणमा कोलकात्ता नाइट राइडर्सकाे पहिलाे जित, सनराइजर्स हैदरावाद ७ विकेटले पराजित

असाेज ११, अाइतबार।

युएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटकाे अाठाैँ खेलमा कोलकात्ता नाइट राइडर्सले सन राइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेकाे छ। १३औं संस्करणकाे खेलमा कोलकात्ता नाइट राइडर्सकाे याे पहिलो जित हाे।

अबुधाबीस्थित शेख जायद स्टेडियममा टस जितेर पहिले व्याटिङ रोजेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४३ रन बनाएको थियो। हैदरावदका लागि मनिश पाण्डेले ५१ रन अर्धशतकीय पारी खेले । यस्तै, डेविड वार्नरले ३६, ऋद्धिमान साहले ३० तथा मोहम्मद नाबीले नटआउट ११ रनको पारी खेले ।

कोलकात्ताका प्याट कमिन्स, आन्द्र रसेल र वरुण चक्रवर्तीले समान एक/एक विकेट लिए ।

लक्ष्यलाई पछ्याउने क्रममा कोलकाताको शुरुवात भने खराब रह्यो । ओपनर सुनील नरेन खलील अहमदको बलमा शुन्यमा आउट भए । त्यसपछि नितिश राणाले पारी सम्हाल्दै २६ रन बनाएर आउट भए । कप्तान दिनेश कार्तिकले पनि खाता खोल्न सकेनन्। कोलकात्ताको जितमा शुभमन गिलले सर्वाधिक ७० रनको पारी खेले । यस्तै, इयान मोर्गानले नटआउट ४२ रन बनाए ।

जितसँगै दुई अंक जोडेको कोलकात्ता पाँचौं स्थानमा उक्लिएको छ । अंक तालिकाको शीर्ष स्थानमा दिल्ली क्यापिटल्स रहेको छ ।

यसैगरी, किङ्स इलावेन पञ्जाव, मुम्बइ इन्डियन्स, राजस्थान रोयल्स, चेन्नइ सुपर किङ्स क्रमश दोस्रो, तेस्रो, चौथो र छैटौं स्थानमा रहेका छन् । यस्तै, रोयल च्यालेञ्जर्स बेङ्गलोर सातौं र अंकविहीन हैदरावाद पुछारमा रहेको छ ।

 

Comment As:

Comment (0)