योङ्ग ब्वाइजले भन्योः
जगीलाल थापा
सन्दर्भ हो, रुपन्देहीको कञ्चनमा जारी नवौं चाँदनी कप फुटवल प्रतियोगिताको । प्रतियोगिताको सातौं दिनको तेश्रो क्वाटरफाइनल खेलका लागि बैजलपुर युवा क्लवले आफ्ना खेलाडीहरुलाई मैदानमा उतारिसकेको थियो। सदाजस्तै हिजो पनि निर्धारित समयमै खेल होला भन्ने दर्शकहरुले अपेक्षा गरेका थिए।
बैजलपुरका खेलाडीहरु वार्मवर्क गरिरहेका थिए। उदघोषकले बैजलपुर मैदानमा उत्रिसकेको र योङ्ग ब्वाईज पनि तयारी अवस्थामा ररहेका भन्दै उदघोष गरिरहेका थिए। प्रतिस्पर्धा निकै कडा हुने दर्शकहरुले अनुमान गरिरहेका थिए।
सधै झैं दिउँसो ३ बजेबाट शुरु हुने मानसिकतामा दर्शकहरु मैदानतर्फ नजर लगाइरहेका थिए। मैदानमा बैजलपुरका खेलाडहीले बल यताउता गराइरहेका थिए। उदघोषकले योङ्ग ब्वाइज फुटवल क्लवका खेलाडीहरु नजिकै आइसकेको भन्दै दर्शकहरुलाई उत्सुकता दिइरहेका थिए। रेफ्रीहरुले हातमा घडी हेर्दै आयोजकसंग नजर जुधाइरहेको दृश्य पनि सारै गज्जवको थियो।
३ बज्यो। बैजलपुरका टिम कोचले हातमा घडी हेर्दै मुख्य रेफ्रीलाई खेल शुरु गर्न आग्रह गरे। हिजोका लागि मुख्य रेर्फी रिपेन शाक्य थिए। रेफ्री शाक्यले हातले संकेत गर्दै केही समय पर्खिन भनेको स्पष्ट बुझिन्थ्यो। आयोजकले पनि अर्को प्रतिस्पर्धी टिमको आगमन हुनै लागेको भन्दै उद्घोष गर्दै थिए। यता दर्शकहरुले पनि खेल छिटो शुरु भए हुने भन्ने अनुहारको भाव झल्किरहेको थियो। समय सवा ३ बज्यो। बैजलपुरका खेलाडीहरु मैदानमा तयारी अवस्थामा उभिएका थिए।
दर्शकहरुले "छिटो छिटो" भन्न थालिसकेका थिए। यता बैजलपुरका टिम म्यानेजरले पनि "लौन" भन्दै रेफ्रीलाई संकेत गरे। मुख्य रेफ्री रिपेनले हातमा घडी हेर्दै अफिसियल टिम र आयोेजकतर्फ नजर जुधाउदै सनाकसुनुक गर्न थाले। यत्तिकैमा आयोजकको तर्फबाट उद्घोषकले भने "योङ्ग ब्वाइज फुटवल क्लवका टिम म्यानेजरले "बैजलपुरका अगाडी हाम्रो केही सिप लागेन। बैजलपुरलाई वाकओभर दिएर खेल अगाडी बढाउनुस ।"
उद्घोषकले योङ्ग ब्वाइजको सन्देश सुनाउना साथ मुख्य रेफ्री रिपेन शाक्यले लामो स्वरमा सिट्टी बजाउदै बैजलपुरलाई वाकओभर दिन लगाए । अनि बैजलपुर सेमिफाइनलमा प्रबेश गर्यो। यता दर्शक भने हेरेको हेरै हुन बाध्य भए।अनि बैजलपुर सेमिफाइनलमा प्रबेश गर्यो। यता दर्शक हेरेको हेरै हुन बाध्य भए। बैजलपुर रमाउदै मैदान बाहिर निस्के । 
यही १६ गते सम्म सञ्चालन हुने प्रतियोगिताको आज आठौं दिन फर्साटिकर क्लव र बुद्धसेभेन स्टार बिच अन्तिम क्वाटरफाइनल खेल हुने छ। चाँदनी युवा क्लव, कञ्चन १ दानापुर रुपन्देहीको आयोजनामा हुने प्रतियोगितामा विजेता टिमले नगद १,६०,००० रुपैया सहित शिल्ड, मेडल र प्रमाण पत्र तथा उपविजेता टिमले ८०,००० रुपैया सहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने खेल संयोजक जुक्त बहादुर थापाले जानकारी दिनु भएको छ।
यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याच सहित प्रतियोगिताका उत्कृष्ट गोल रक्षक, मिड फिल्डर, डिफेन्डर, सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता गरी ५ विधालाई नगद जनही ५,००० रुपैया सहित पुरस्कृत गरिने खेल संयोजक जा थापाले जानकारी दिनु भएको छ।
