ओझेल भित्रका सचेतना अभियान
No icon

राजस्थान रोयल्सकाे दाेस्राे जित, किङ्स इलावेन पञ्जावलाई ४ विकेटले पराजित

असाेज १२, साेमबार।

युएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटकाे नवाैँ खेलमा राजस्थान रोयल्सले किङ्स इलावेन पञ्जावलाई ४ विकेटले पराजित गरेकाे छ । पञ्जाबले प्रस्तुत गरेको २ सय २४ रनको लक्ष्य पछ्याउँदै राजस्थानले ४ विकेट,  ३ बल बाँकी रहँदाै भेट्टाएको थियो ।

शारजाह क्रिकेट स्टेडियमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको टस हारेर पहिलो ब्याटिङ गरेको पञ्जाबले २ विकेटको क्षतिमा २ सय २३ रनकाे विशाल लक्ष्य बनाएकाे थियाे। पञ्जाबकाे शुरुवात भने निकै राम्राे रहेकाे थियाे। पहिलो विकेटका लागि मयंक अग्रवाल र केएल राहुलले १ सय ८३ रनको साझेदारी गरेपछि विशाल रन बनाएको थियो । मयंक अग्रावालले मात्र ५० बलमा १ सय ६ रन बनाए । याेसँगै अग्रवाल आईपीएलमा सबैभन्दा चाँडो शतक बनाउने दोस्रो भारतीय बने । त्यस्तै, कप्तान केएल राहुलले ६९ रन, निकोलास पूरन र ग्लेन म्याक्सवेलले नटआउट २५ र १३ रन  बनाउँदै पहिलो विकेटका लागि १ सय ८३ रनको साझेदारी गरे । राजस्थानका अंकित राजपुत र टोम कुरानले एक-एक विकेट लिए । 

२ सय २४ रनको विशाल लक्ष्य पाएको राजस्थानले ३ बल बाँकी रहँदा लक्ष्य भेट्टाएको थियो । राजस्थानकाे जितमा सञ्जु सामसनले ८५, राहुल तेवाटियाले ५३, स्टेभन स्मिथले ५० तथा जोफ्रा आर्चरले रनको पारी खेले । जितकाे नायक भने राहुल तेवाटिया बने। उनले १८ बलमा ५१ रन चाँहिएको अवस्थामा पञ्जावका शेल्डोन कोटरेलको ओभरमा पाँच छक्का प्रहार गर्दै जित नजिक पुर्याएका थिए ।

जितसँगै राजस्थान अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । दुई खेलबाट ४ अंक जोडेको दिल्ली क्यापिटल्स रनरेटको आधारमा शीर्ष स्थानमा रहेको छ । यसैगरी, दुई अंकसहित पञ्जाव, मुम्बइ इन्डियन्स, कोलकात्ता नाइट राइडर्स, चेन्नइ सुपर किङ्स र रोयल च्यालेञ्जर्स बेङ्गलोर क्रमशः तेस्रो, चौथो, पाँचौं, छैटौं र सातौं स्थानमा रहेका छन् भने जितविहीन सनराइजर्स हैदरावाद पुछारमा रहेको छ ।

Comment As:

Comment (0)