ओझेल भित्रका सचेतना अभियान
No icon

आईपीएलकाे १३ अाैँ संस्करणमा हैदरावादकाे पहिलाे जित, दिल्ली क्यापिटल्स १५ रनले पराजित

असाेज १४, बुधबार।

युएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेटकाे ११औँ खेल गएराति सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्स बिच भएकाे थियाे। उक्त खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाइ १५ रनले पराजित गर्दै १३ औं संस्करणमा अाफ्नाे पहिलो जित हात पारेको छ।  

अबुधाबीकाे शेख जायद स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो। हैदराबादका लागि जोनी बेयर्स्टोले ४८ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले । साथै, कप्तान डेभिड वार्नरले ४५ रन, केन विलियम्सनले ४१ रन, मनिस पाण्डे ३ रन र अब्दुल समादले अविजित १२ रनकाे  पारी खेले। दिल्लीका अमित मिश्रा र कागिसो राबडाले २, २ विकेट लिए ।

हैदराबादले दिएकाे १६३ रनकाे लक्ष्य पच्छ्याउने क्रममा दिल्लीले २० अाेभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो। दिल्लीका लागि शिखर धवनले सार्वधिक ३४ रन तथा ऋषब पन्तले ३२ रन बनाए। यस्तै, शिम्रन हिटमायरले २१ रन, कप्तान श्रेयस आयरले १७ रन भने, कागिसो राबडा १५ रनमा अविजित रहे । दिल्लीलाई सस्तैमा समेट्न राशिद खानले ३ विकेट र भुवनेश्वर कुमारले २ विकेट झारे।

यो जितसँगै हैदराबादले ३ खेलमा २ अंक जोडेर तालिकाकाे छैटौं स्थानमा रहेको छ। भने, अघिल्ला खेलमा अपराजित रहेको दिल्ली ३ खेलमा ४ अङ्कका साथ तालिकाकाे दाेस्राे स्थानका रहेकाे छ। 

Comment As:

Comment (0)