ओझेल भित्रका सचेतना अभियान
No icon

कृतिमानी साझेदारीसँगै तेस्रो तथा अन्तिम खेलमा पनि नेपाल विजयी

क्यानडाविरुद्ध एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल ९ विकेटले विजयी भएकाे छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा नेपालका ब्याट्सम्यान अनिल शाह र भीम सार्कीको शतकसँगै नेपाल क्यानडाविरुद्ध ९ विकेटले विजयी भएको छ ।

यसअघि टस जितेपछि नेपालले क्यानडालाई ब्याटिङको निम्तो दिएको थियो । नेपालका बलरहरुले उत्कष्ट प्रदर्शन गर्दै क्यानडालाई २३२ रनमा समेट्न सफल भए ।

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालले ४४.३ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । नेपालका ब्याट्सम्यान अनिल र भीम चम्किएपछि क्यानडाको एक म्याच जित्ने सपना समाप्त भएको हो ।

नेपालका ओपनर कुशल भुर्तेल सस्तैमा आउट भएपनि अनिल र भीम सार्कीले उत्कष्ट पारी खेले । दुवै व्याट्सम्यानले शतक प्रहार गरेका छन् ।

अनिलले अविजित ११२ र भीमले अविजित १०१ रन बनाएका थिए । अनिल र भीमले दोस्रो विकेटका लागि १८९ रनको साझेदारी गरेका थिए । यो साझेदारी नेपालको एकदिवसीय इतिहासमा कुनै पनि विकेटका लागि अहिलेसम्मको ठुलो साझेदारी हो । यस अघि कुशल भुर्तेल र आसिफ सेखले जिम्बाबेविरुद्ध पहिलो विकेटका लागि १७१ रनको साझेदारी गरेका थिए ।

क्यानडाका लागि नवनीत धलिवालले सर्बाधिक ५० रन बनाएका थिए भने निखिल दत्ताले ४५ रन बनाए । त्यसैगरी हर्ष ठकेरले २९, श्रेयस मोभ्भाले २५, श्रीमान्थ विजेयेरात्नेले २२ तथा साद बिन जफारले अविजित ३१ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर हेमन्त धामीले आफ्नो डेभ्यु खेलमा ३ विकेट लिएका थिए । त्यस्तै कुशल मल्लले २ तथा ललित राजबंशी र आकाश चन्दले एक एक विकेट लिएका थिए ।

योसँगै नेपालले सिरिज ३-० ले जितेको छ ।

Comment As:

Comment (0)