ओझेल भित्रका सचेतना अभियान
No icon

एम.जि. क्लबमा नयाँ नेतृत्व चयन, अध्यक्षमा देवलाल अर्घाली साथै चौथो ब्याटमिन्टन खेल प्रतियोगिता सम्पन्न

 

 

बुटवल एम.जी क्लबको ११ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन शनिबार तिलोत्तमा पार्कमा सम्पन्न भएको छ । अध्यक्ष ओम सारुको अध्यक्षतामा बुटवल कालिका क्याम्पसका अध्यक्ष तथा समाजसेवी श्री होम बहादुर गलामीको प्रमुख आतिथ्यितामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यव्रmममा अध्यक्षको प्रतिवेदन र महा–सचिवको सांगठित प्रतिवेदन पारित गरिएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि होम बहादुर गलामीले एकआपसमा सम्बन्ध कसरी बढाउन सकिन्छ, त्यो माध्यमबाट आ–आफ्नो व्यवसायलाई कसरी प्रवर्धन गर्न र एकआपसमा कसरी सम्मृद्धि बन्न सकिन्छ भन्ने महान उद्देश्यका साथ यो एम.जी क्लब स्थापना भएको छ भन्दै कुनै पनि सामाजिक काम गर्दा जात, धर्म र पार्टी नभनि अगाडी बढ्न सकेयौं भने एकताबद्ध भएर सामाजिक काम गर्न सहज हुने बताएका छन् । यसैगरी एम.जी. क्लबले पनि बिशुद्ध एम.जी. क्लब भएर त्यो भूमिका निवार्ह गर्न सकियो भने अवश्य पनि क्लब अगाडि बढ्ने छ, साथै एम.जी. क्लब अझै फराकिलो तरिकाले अगाडि बढ्दै जाओस् भन्दै आजसम्म क्लबले गरेको राम्रो कामप्रति अत्यन्तै सराहनिय रहेको बताए । यसैगरी संस्थापक अध्यक्ष तुल बहादुर सारुले यो समाजमा भएका थुप्रै संघ संस्थाहरु मध्ये एम.जी. क्लब एउटा फरक खालको सामाजिक काम गर्ने क्लब हो, काम गर्दै जाँदा आरोह अबरोहहरु आईपर्न सक्छन् त्यसलाई चिर्दै नयाँ आउने कार्यसमितिले संस्थालाई अझै उचाईमा पु¥याउनु हुने छ भन्ने आशा लिदै नयाँ नेतृत्व टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए । साथै मन्तव्य राख्ने व्रmममा मागदर्शक बसन्त थापा चर्तिले यो क्लबमा लिनलाई होइन, दिनलाई आउने हो भन्दै क्लबले दुःखमा पनि सुखमा पनि साथ दिने बताएका छन् । यसैगरी सल्लाहकार लिलासिंह राना, समाजसेवी प्रेम गलामी, कर्नेल यम बहादुर राना लगायतले क्लबले राम्रो काम गरेकोमा प्रशंसा गर्दै प्रगतिको शुभकामना व्यक्त गरेका थिए । साथै साधारण सभाको बन्दसत्र कार्यव्रmमपछि छैठौं अधिवेशनमा नव निर्वाचित अध्यक्ष देवलाल अर्घालीको अध्यक्षतामा १९ जना कार्यसमिति सर्वसम्मत चयन भएका छन् । निवार्चित अध्यक्ष देवलाल अर्घालीले बोल्दै खादा र माला सहित यो संस्थाको नेतृत्व जिम्मेवारी दिनुभएकोमा यो नेतृत्व वहन गर्न मैले र मेरो टिमले कति सक्छ सक्दैन भन्ने अब २ वर्षको अवधिमा मुल्याङ्कन हुने बताएका छन् । अध्यक्ष एउटा गरिमामय पद हो यो पदको मर्यादा र संस्थाको जिम्मेवारीलाई भुल्ने छैन भन्दै आफ्नो कार्यकाल अवधिभित्र क्लबलाई यो समाजले नजिकबाट चिन्ने र नजिकबाट मूल्याङ्कन गर्ने काम गरेर यो क्षेत्रकै एउटा नमूना क्लब बनाउन सकियो भने क्लबलाई यो समाजले मात्र होइन भोली राज्यले मूल्याङ्कन गर्ने छ भन्दै आफ्नो निर्वाचित टिमबाट साथ सहयोगको अपेक्षा राखेका छन् । नव निर्वाचित टिमहरु अध्यक्ष देवलाल अर्घाली, बरिष्ठ उपाध्यक्ष निल बहादुर कवंर, उपाध्यक्ष महेश खाम्चा, महा–सचिव निर बहादुर गाहा, सचिव सूर्य सोमै मगर, कोषाध्यक्ष तुल बहादुर राना, सदस्यहरु बिरेन्द्र राना, बिजय कुमार राना, बोम बहादुर थापा, रमेश गाहा, हर्ष बहादुर थापा, पूर्ण बहादुर सारु, चुनिल कुमार थापा, घन बहादुर गाहा, आशा बगाले, हुमा गाहा, बसन्त राना, दल बहादुर गाहा रहेका छन् । यसैगरी एम.जी.क्लबमा नयाँ आवद्धहुने सदस्यहरुलाई प्रमाण–पत्र वितरण गरिएको थियो । साथै क्लबको ११ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनको अवसरमा चौथो आन्तरिक ब्याटमिन्टन प्रतियोगिता पनि रहेकोले १६ टिममध्ये प्रथम बिजेतामा पदम थापा, कर्ण बहादुर थापा रहेका थिए भने उप–बिजेतामा ओम बहादुर सारु, चेत बहादुर राना रहेका छन् । यसैगरी नयाँ खेलाडीको ८ वटा टिममध्ये प्रथम हुने राम बहादुर सिंजाली र बम बहादुर थापा रहेका छन् । प्रथम दोस्रो हुने सबैले सम्मान–पत्र सहित मेडल र शिल प्राप्त गरेका थिए । यसैगरी कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ट अतिथि र अन्य अथिति गण लगायत एम.जी. क्लबका पदाधिकारी र सम्पूर्ण सदस्यहरु एम.जी. महिला समूहका अध्यक्ष सहित एम.जी महिला समूहको पनि उपस्थिति रहेको थियो ।

Comment As:

Comment (0)