उसुमा नेपालकी नीमा घर्तिमगरले जितिन् स्वर्ण
उसुकी नीमा घर्ती मगरले १३ औं दक्षिण एसियाली खेलकुद ९साग०मा लगातार दुई स्वर्ण जितेर रेकर्ड बनाएकी छन् । उनले १८।९१ अंक प्राप्त गर्दै स्वर्ण पदक जितेकी हुन् सन् २०१६ मा भारतमा भएको सागमा पनि निमाले स्वर्ण जितेकी थिइन् । बिहीबार भएको खेलमा उनले उसुको नान्छवान अल राउण्डमा स्वर्ण जितेकी हुन् । यससँगै उनी उसुमा लगातार दुई स्वर्ण जित्ने उनी पहिलो नेपाली बनेकी छन् । घरेलु भूमिमा स्वर्ण जित्दा बेग्लै आनन्द मिलेको नीमाले सुनाइन् । ‘सारा नेपालीको अगाडि आफ्नै माटोमा टेकेर स्वर्ण जित्दाको आनन्द छुट्टै हुँदोरहेछ । त्यो खुशी शब्दमा बयान गर्न सक्दिनँ,’ उनले भनिन् । उनले आफ्नो सफलताको श्रेय अभिभावक र प्रशिक्षकहरुलाई दिइन् ।
‘सफलताको श्रेय मेरो अभिभावकलाई दिन चाहन्छु नीमाले नेपालका लागि अझै धेरै पदक जित्ने इच्छा रहेको सुनाइन् । यस प्रतिस्पर्धामा बंगलादेशकी मोर्जीना अख्तर दोस्रो र श्रीलंकाकी सन्जु कमारी तेस्रो भइन् । यससँगै नेपाले जारी सागमा हाल सम्म स्वर्णको संख्या ७४ पुर्याएको छ भने भारत ७७ संख्याका साथ सीर्ष स्थानमा छ ।
