ओझेल भित्रका सचेतना अभियान
No icon

१३ औं दक्षिण एसिया खेलकुदको समापन

 आयोजक नेपाललाई ऐतिहासिक ५१ स्वर्ण पदक दिलाउँदै दक्षिण एसियाली खेलकुद ९साग० को १३ औं संस्करण मंगलबार सम्पन्न भएको छ । १० दिनसम्म चलेर मंगलबार सम्पन्न सागको अन्तिम नतिजाअनुसार दोस्रो स्थानमा रहेको नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य जितेको छ । सागको ३५ वर्षे इतिहासमा नेपालले ऐतिहासिक नतिजा निकालेको हो । यसैगरी भारत सर्वाधिक १७४ स्वर्ण जित्दै पहिलो बन्न सफल बनेको छ । उसले ९३ रजत र ४५ कांस्य पनि जितेको छ । यस्तै तेस्रो स्थानमा रहेको श्रीलंकाले ४० स्वर्ण, ८३ रजत र १२८ कांस्य जितेको छ  भने चौथो स्थानमा रहेको पाकिस्तानले ३१ स्वर्ण, ४१ रजत र ५९ कांस्य जितेको छ । यसैगरी पाँचौ स्थानमा रहेको बंगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ कांस्य जितेको छ । माल्दिभ्स एकमात्रै स्वर्ण जितेर दै छैटौँ  बनेको छ । यस्तै उसले ४ कांस्य जितेको छ भने भुटान स्वर्ण पदकबिहीन बनेको छ । उसले ७ वटा रजत र १३ वटा कास्य पदकमात्रै जितेको छ ।  समग्रमा सागमा दक्षिण एसियाली सदस्य राष्ट्रका देश भुटान र माल्दिभ्स कमजोर देखिएका छन् । 
समापन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने  भिडिओमार्फत् सन्देश दिएका छन्। मंगलबार खेल समापनपछि भिडिओमार्फत् प्रधानमन्त्री ओलीले भने, ‘भूकम्पबाट ध्वस्त भएका संरचनाहरू तयार गरेर खेल आयोजना गर्न सफलता मिलेको छ। यसपल्टको खेलमा पहिले कहिल्यै भन्दा बढी खेलाडीको सहभागिता, पहिले कहिल्यै भन्दा बढी खेलहरूको संलग्नता रहेको छ। पदकहरू पनि यस पटकको तेह्रौं साग गेममा पहिले भन्दा धेरै रखिएका छन्। समग्रतामा भन्दा यो सफल र ऐतिहासिक खेलकूद रहेको छ।’
यसका साथै, खेलमा सहभागिता जनाएका राष्ट्र,प्रशिक्षक र खेलाडीलाई समेत उनले धन्यवाद दिएका छन्।  
दुई सातासम्म करिव ५ हजार विदेशी पाहुनाको सुरक्षा÷व्यवस्थापन र भब्य उद्घाटन तथा समापन समारोह आयोजना त्यति सजिलो थिएन ।  एउटा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको सफल आयोजना र यसमा स्वदेशी खेलाडीहरुले प्राप्त गरेको अभूतपूर्व उपलब्धी दुबै भएको छ ।

Comment As:

Comment (0)