ओझेल भित्रका सचेतना अभियान
No icon

सहकारीमा तालिम सम्पन्न 

पूर्वसैनिक कृषि सहकारी संस्था लि. तिलाेत्तमा-७,भलवारी,रुपन्देहीले आफ्ना सञ्चालक समिति,लेखा समिति र उपसमितिहरुका लागि एक दिवसीय नेतृत्व विकास तथा क्षमता अभिवृद्धि,धिताे मूल्याङ्कन र धिताे लिलामीसम्बन्धी तालिम शनिवार भलवारीमा सम्पन्न गरेकाे छ । 

तालिममा सहकारी बैङ्क,बुटवल शाखाका प्रवन्धक राेशन पाैडेल, सहकारी अभियन्ताहरु दलबहादुर गुरुङ र युवराज घिमिरेले नेतृत्व विकासकाे अर्थ,यसका विधि, प्रक्रिया , क्षमता विकासका तरिका, निक्षेप, बचत,कर्जा,कर्जा मूल्याङ्कनका आधार , धिताे लिलामीका प्रक्रियाका विषयमा सहजीकरण गरेका थिए । 

तालिम समापन कार्यक्रममा सहकारीका अध्यक्ष क्याप्टेन रामबहादुर गुरुङ,उपाध्यक्ष हवल्दार कृष्णबहादुर पुन,सचिव मेजर सुवेदार गिरिप्रसाद राना,सदस्य अनिता गुरुङ,काेषाध्यक्ष पदमबहादुर गुरुङ, व्यवस्थापक सुनिता पुन र कर्मचारी केशरी थापा मगरले प्रस्तुत प्रिजेन्टेसनमाथि आ-आफ्ना विचार प्रस्तुत गरेका थिए । उनीहरुले आफ्नाे सहकारीलाई जिल्लाकै नमूना कृषि सहकारी बनाउने अभियानमा गतिशील गरेकाे समेत बताए। 

उनीहरुले तालिमबाट सैद्धान्तिक ज्ञान प्रशस्त हासिल भएकाे र साे ज्ञानलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने प्रतिवद्वता जनाएका थिए । तालिममा संस्थाका ३५ जना सहभागी थिए ।

Comment As:

Comment (0)