स्वदेशी उत्पादनलाई प्रबर्द्धन गर्न मोतिपुर मगर महिला समुहको ढाका बुन्ने तालिम कार्यक्रम सप्पन्न

बुटवल १७ मोतिपुर मगर महिला समूहको आयोजनामा ३० दिने ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिम कार्यक्रम सम्पन्न भएको छ। बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा मोतिपुर मगर महिला समूह रानिगन्जका ३५ जना महिला दिदीबहिनीहरू तालिममा सहभागी भएका थिए । प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाको उप प्रमुख सावित्री देवी अर्यालले कार्यक्रमलाई सम्बोधन गर्दै महिलाहरु उद्यमशील र आत्मनिर्भर बन्न स्थानीय उत्पादन हुनुपर्छ भन्दै मोतिपुर मगर महिला समूहले अब ढाकाको सबै खाले साडी, लुङ्गी, ब्लाउज, सल पाइने स्थान मोतिपुर रानीगन्जलाई नमुना क्षेत्र बनाउनु पर्ने बताएका छन्। साथै आफूहरूले उत्पादन गरेको ढाका कपडालाई आफ्नै संघ संस्थाले ड्रेसको रूपमा प्रयोग गर्न अनुरोध गर्दै मोतिपुर मगर महिला समूहले ढाका बुनाईलाई कारखानाको रूपमा स्थापित गर्न सुझाव दिएका छन्। साथै छोटो समयमा गुणस्तरिय ढाका कपडा उत्पादन गरेकोमा खुशी व्यक्त गर्दै उपप्रमुख अर्यालले ढाका बुनाई र बुटीक तालिमका लागि आगामी आर्थिक वर्ष पनि बजेट छुट्टाइदिने प्रतिबद्धता सहित मगर महिला समूहले उत्पादन गरेको ढाका कपडा स्वदेशमा मात्र नभई विदेशमा पनि बिस्टार हुनसक्ने बताएका छन्। यसैगरी विशिष्ट अतिथि बुटवल उपमहानगरपालिका वडा नं १७ को अध्यक्ष ज्ञानबहादुर रेश्मिले एउटै व्यक्तिले थुप्रै तालिम लिएर तालिमको सदुपयोग नहुनुभन्दा क्षमता अनुसार तालिममा सहभागी भएर तालिमको सदुपयोग गरी आर्थिक रूपमा सबल बन्न सुझाव दिएका छन् । कार्यक्रममा मोतिपुर मगर महिला समुहका अध्यक्ष हेम कुमारी थापा,प्रशिक्षक केशरी तरामु मगर,माया बिष्ट,लगायतले बोल्दै महिलाहरु आर्थिक रुपमा संक्षम बन्न आफुले सिकेको सिबलाइ निरन्तरता दिन आग्रह गरेका छन । सो कार्यक्रम बुटवल उपमहानगरपालिका वडा न. १७ रानीगन्जको जन आत्म हलमा सप्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य लिला रास्कोटीको रहेको थियो भने कार्यक्रम संचालन मगर महिला समुहका सचीव सुनिता रास्कोटीले गरेका थिए ।
