रोयल च्यालेन्जर्स बैंग्लुरुकाे दाेस्राे जित, मुम्बई इन्डियन्स सुपर ओभरमा पराजित
असाेज १३, मंगलबार।
युएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटकाे १० औँ खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरुले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । आईपीएलको इतिहासमा पहिलो पटक २ सयभन्दा बढी रन बनाएर पनि खेल बराबरी भयो। याेसँगै रोयल च्यालेन्जर्स बैंगलोरले दोस्रो जित हात पारेको छ।
गएराति दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गर्दै बैंग्लुरुले ३ विकेटको क्षतिमा २ सय १ रन बनायो । बैंग्लुरुका लागि एबी डिविलियर्सले ५५, देवदत्त पडिक्कलले ५४ ,एरोन फिन्चले ५२ काे अर्धसत्किय पारी खेले भने, कप्टान विराट काेहाेलीले मात्र ३ रन र शिवम डुबेले २७ रनकाे पारी खेले। मुम्बईका ट्रेन्ट बोल्टले २ तथा राहुल चाहरले १ विकेट लिए ।
बैंगलोरले दिएको २ सय २ रनको लक्ष्यसहित ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । मुम्बईका लागि इशान किशनले ९९ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै केइरन पोलार्डले अविजित रहदै ६० रन बनाए । मुम्बइका लागि कप्तान रोहित शर्माले ८ रन, हार्दिक पाण्डय र क्विनटन डी कक समान १४ रनमा आउट भए । भने, केरन पोलार्डले ६० र ईशान किशनले ९९ रनकाे पारी खेले। रोयल च्यालेन्जर्स बैंग्लुरुका लागी एडम जाम्पा, वासिंगटन सुन्दर र युजभेन्द्र चाहलले १,१ विकेट लिए ।
तर, अन्त्यमा बराबरी भएपछि खेल सपुर ओभरमा पुग्यो । सिजनको दोस्रो सुपर ओभरमा रोयल च्यालेन्जर्स बैंग्लुरुकाे नन्दीप सैनीले उत्कृष्ट बलिङ गर्दाै मुम्बइका हार्दिक पाण्डेयलाइ अाउट गर्दै मात्र ७ रन दिए । ८ रनकाे लक्ष्य पाएकाे रोयल च्यालेन्जर्स बैंग्लुरुले विराट कोहली र एबी डिविलियर्सकाे जाेडीले सजिलै पछ्याए।
यो जितसँगै बैंगलोरले ३ खेलमा ४ अंक जोडी तालिकाकाे तेस्राे स्थानमा उक्लिएको छ ।
