ओझेल भित्रका सचेतना अभियान
No icon

मुम्बईकाे अर्काे जित, किङ्स इलावेन पञ्जावले ४८ रनले पराजित

असाेज १६, शुक्रबार।

युएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटकाे १३औँ खेल गएराति मुम्बई इन्डियन्स र किंग्स इलेवन पञ्जाबबिच भएकाे थियाे। बिहीबार सम्पन्न उक्त खेलमा मुम्बई इन्डियन्सले किङ्स इलावेन पञ्जावलाई ४८ रनले पराजित गरेको हो ।

अबुधाबीमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको मुम्बइले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ७० रन बनाए  शर्माले ४५ बलमा ३ छक्का र ४ चौकाको सहयोगमा ७० रन बनाए । यस्तै, इशान किशनले २८ रनको योगदान दिए । खेलको अन्त्यतिर मुम्बइका अलराउन्डर किरोन पोलार्ड र हार्दिक पाण्ड्याले आक्रामक पारी खेले । उनीहरुले २३ बलमा ६७ रनको अर्धशनकीय साझेदारी गरे । पोलार्ड ४१ र पाण्ड्या ३० रनमा नटआउट रहे ।

पञ्जावका शेल्डोन कोटरेल, मोहम्मद शामी र कृष्णप्पा गौतमले समान १-१ विकेट लिए ।

मुम्बईले दिएकाे १ सय ९२ रनको लक्ष्य पच्छ्याउने क्रममा पञ्जावले २० ओभरमा १ सय ४३ रन मात्र बनाउन सक्यो । पञ्जावका निकोलास पूरनले सार्वधिक ४४ रन, मयंक अग्रवालले २५ रन, कृष्णप्पा गौतमले २२ रन,केएल राहुलले १७ तथा ग्लेन म्याक्सवेलले ११ रनको पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

पञ्जावलाई राेक्ने क्रममा मुम्बइका जसप्रीत बुम्राह, राहुल चाहर, जेम्स प्याटिन्सनले समान दुई दुई तथा ट्रेन्ट बोल्ट र क्रुणाल पाण्ड्याले १-१ विकेट लिए ।

जितसँगै मुम्बइ लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान ४ अंक रहेपनि रनरेटका आधारमा मुम्बइ पहिलो, दिल्ली दोस्रो र कोलकात्ता तेस्रो स्थानमा रहेको छ । मुम्बइसँग पराजित भएको पञ्जाव २ अंकसहित छैटौं स्थानमा रहेको छ ।

Comment As:

Comment (0)