कञ्चनमा सुरक्षित आप्रवासन (सामी) को अन्तरक्रिया कार्यक्रम सम्पन्न
अन्तराष्ट्रिय आप्रबासी श्रमिक दिवस २०२१ को अवसरमा रुपन्देहीको कञ्चन गाउपालिकाले सामुदायिक अगुवाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
आप्रवासन असर तथा प्रभाव साथै आप्रवासी कामदारहरुलाई सामाजिक बहिष्करण न्युनीकरण गर्न हल्भेतास नेपालको प्राविधिक सहयोगमा कञ्चन गाउपालिकाको दियो सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रको प्रमुख अतिथि कञ्चन गाउपालिकाको अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले वैदेशिक रोजगारीको क्रममा आई पर्ने समस्याहरुको समाधान गर्न त्यसको विकल्प, वित्तिय ज्ञान, मानसिक समस्यामा परामर्श तथा न्यायमा पहुँच पुर्याउन सुरक्षित आप्रवासन परियोजना सामी फलदायी हुनसक्ने बताउनुभयो । उहाँले सुरक्षित आप्रवासन परियोजनाले कञ्चन गाउँपालिका भित्र राम्रो काम गरेको बताउँदै वैदेशिक रोजगार जादा होस या नेपाल मै श्रम गर्दा पनि धेरै श्रमजीवीले समस्या भोग्नु परेको छ । तसर्थ कञ्चन गाउँपालिकाका स्थानीय स्तरमा यस्ता कार्यक्रमहरुलाइ प्राथमिकता राखेर काम गर्ने बताउनु भयोे । यस्तै कार्यक्रममा कञ्चन गाउँपालिका उपाध्यक्ष गोमा तरामुले वैदेशिक रोजगार नेपालीको रहर नभएर बाध्यता भएको र सबैले श्रम गर्न नेपालमा लाज लाग्ने देश बाहिर गए पछी जुनसुकै काम गर्न पछि नपर्ने बानिले देश परिवर्तन गर्न नसकिएको भन्दै पछिल्लो समयमा महिला हिंसा धेरै सहनु परेको बताउनु भयाे । उहाँले वैदेशिक रोजगारमा गएका श्रीमानका श्रीमतीहरुलाइ गलत नजर लगाउने कार्य गलत भएकोले समाज परिवर्तनमा सबैले सहयोग गर्न अाग्रह गर्नु भयाे ।साे कार्यक्रममा विशिष्ट अतिथि कञ्चन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेत कार्यपालिका सदस्य रेनु कुँवर कार्यपालिका सदस्य लक्ष्मी दर्जी सुनगाभा सामुदायिक संस्थाका कार्यक्रममा निर्देशक गोपल बहादुर केसी, स्थानीय सरकारका प्रतिनिधि, बुद्धिजीवी, सञ्चारक्रमी लगाएतको उपस्थितिमा रहेकाे थियोे ।
कार्यक्रमको उद्देश्य र परियोजना बारे (सामी हेल्भेेतास) कार्यक्रमका अधिकृत जीया उल हकले प्रकाश पार्नु भएकाे थियाे । साे कार्यक्रममा मनोसामाजिक सुपरिवेक्षक विनय महर्जनले सामाजिक लागत र लाञ्छना न्युनीकरण बारे प्रस्तुतिकरण गर्नुभएको थियो । सहजकर्ताको रुपमा वित्तीय सहज कर्ता सरस्वती पौडेल र मनोसामाजिक कर्ता भुमिका थापा तरामुले सहज कर्ताको भूमिका निर्वाह गर्नु भएको थियोे । उक्त कार्यक्रमकाे सञ्चालन परियोजना संयोजक सीता पन्थ भण्डारीले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा वैदेशिक रोजगारमा जान चाहने र वैदेशिक रोजगारबाट फर्किएका नेपाली युवाहरुलाई लक्षित गरी वैदेशिक रोजगार बोर्ड सचिवालयबाट निशुल्क सिप तालिम दिइरहेको समेत जानकारी गराइएको थियो । नेपाल सरकार र स्वीच सरकार बिचको दुई पक्षीय सम्झौता अनुसार सो कार्यक्रम नेपालको ३९ जिल्लामा १५६ स्थानिय तहमा सञ्चालन भएको छ ।
