ओझेल भित्रका सचेतना अभियान
No icon

नेतृत्व विकास तालिम सम्पन्न 

 

वडा सञ्जाल विकास संस्था, तिलाेत्तमा-१३,मड्हाले आदिवासी थारु तथा जनजातिहरुका लागि आयाेजना गरेकाे तीन दिवसीय नेतृत्व विकास तालिम बुधवार मड्हामा सम्पन्न गरेकाे छ । 

समापन कार्यक्रमका प्रमुख अतिथि साेही वडाका वडाध्यक्ष नारायण ढकालले सहभागीहरुकाे सार्थक सहभागिताले नै कार्यक्रम प्रभावकारी रहेकाे बताउँदै आगामी दिनमा पुनर्ताजगी तालिम र क्षमता विकासका कार्यक्रम गर्न वडाबाट सक्दाे वजेट व्यवस्थापन गरिने बताए । उनले आदिवासी थारु र जनजातिहरुकाे क्षमता विकासका लागि वडाले सशक्तिकरणका कार्यक्रमहरु सञ्चालन गरिरहेकाे बताउँदै संविधानले व्यवस्था गरेकाे समावेशी र समानुपातिक प्रणालीलाई आफूहरुले कार्यक्रममार्फत् कार्यान्वयन गर्दै आएकाे उल्लेख गरे ।

 सहभागीहरुका तर्फबाट रत्नाकुमारी थापा,दिलमाया गुरुङ र विमला विश्वकर्माले तीन दिने तालिमबाट आफूहरुकाे नेतृत्व विकासमा सक्दाे सहयाेग पुगेकाे बताए । उनीहरुले सामाजिक रुपान्तरणका लागि मानवीय क्षमता अभिवृद्धि गर्ने खालका तालिम सञ्चालन भईरहनु पर्नेमा जाेड दिए । 

तालिम समापनकाे अवसरमा संस्थाका अध्यक्ष हाेमबहादुर छन्त्यालले पछाडि पारिएका आदिवासी थारु र जनजातिहरुले आफ्नाे नेतृत्व विकास गर्दै नेतृत्व गर्ने स्थानमा पुग्न सधैं अघि सर्नुपर्ने बताए ।  

तालिममा नेतृत्व विकास,बैठक सञ्चालन,माईन्यूटलेखन,उद्यमशीलता, उद्घाेषण र भाषणकलासम्बन्धि विषयवस्तुहरुमा दलबहादुर गुरुङ,गीता थापा र मन थापाले सहजीकरण गरेका थिए । प्रशिक्षार्थी आरति थापाकाे सञ्चालन र हाेमबहादुर छन्त्यालकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

Comment As:

Comment (0)