ओझेल भित्रका सचेतना अभियान
No icon

कञ्चनबासी मगर भाषा सिक्दै

 

 

रुपन्देहीको कञ्चन गाउँपालिकामा मगर भाषा संरक्षण गर्न एक हप्ते प्रशिक्षण यही बुधबारदेखी सुरु भएको छ।

कञ्चन गाउँपालिकको आर्थिक सहयोगमा सुरु भएिको सो प्रशिक्षक प्रशिक्षणको उद्घाटन गर्दै कञ्चन गाउँपालिकाको उपाध्यक्ष मौसम थापा मगरले भाषा पुरानो र वैज्ञानिक भएको बताउँदै मगरले आफ्नो भाषा, संस्कृति संरक्षण गरी पुस्तान्तरण गर्न जरुरी भएको बताउनुभयो।

अहिले पनि मगर समुदायले आफ्नो भाषा नजान्डाको पीडा भोग्दै आएको बताउनु भयो। अहिले सञ्चालन गरिएको प्रशिक्षक प्रशिक्षणले गाउँ गाउँमा टोलटोलमा यो समस्या हटाउने र पाठ्यक्रममा मगर भाषाको शिक्षक पाउनलाई समेत सहज हुने कुरा बताउनुभयो।

कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै कञ्चन वडा नम्बर २ का अध्यक्ष टेक बहादुर गुरुङले राज्यको हरेक निकायमा पछि परेका वर्ग अन्तर्गत पर्ने मगर समुदायको समुच्च विकास गर्न सके राज्यको विकासमा टेवा पुग्ने कुरा बताउनुभयो।त्यसैगरी नेपाल मगर सघं कञ्चनका पूर्व अध्यक्ष कविराज काउचा मगरले शुभकामना मन्तव्य दिनुभएको थियो।

मगर भाषाको प्रिशक्षक नालान गाहाले अत्यन्तै सरल र सुन्दर तरिकाले लिपी सिकाउँदै हुनुहुन्छ। भने सुदिप काम्मुले बोलिचालीको कला सिकाउँदै हुनुहुन्छ।  उद्घाछन कार्यक्रममा नेपाल मगर सङ्घ कञ्चनका अध्यक्ष देव बहादुर थापा मगरको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तव्य कोषाध्यक्ष रेनुका थापाले गर्नुभएको थियो र सचिव प्रकाश थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

Comment As:

Comment (0)