ओझेल भित्रका सचेतना अभियान
No icon

मगर भाषा कक्षा समापन

 

रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकामा जेठ २१ गते बुधवार देखि सञ्चालित एकहप्ते मगर भाषा कक्षा आज २७ गते मंगलवार समापन भएको छ।

समापन कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाका वडाध्यक्ष चन्द्रबहादुर गुरुङले कञ्चन गाउँपालिकामा सबैभन्दा बढी सङ्ख्यामा मगर समुदायको बसोबास रहेकोले मगर समुदायको विकासको निम्ति सबै एकजुट भएर अघि बढ्न आग्रह गर्नुभयो। यदि सबै एकजुट भएमा कञ्चन गाउँपालिका नै मगर समुदायको पालिका बन्ने सम्भव रहेको बताउनुभयो।

कार्यक्रममा बोल्दै वापा मुख्य प्रशिक्षक नारायण गाहा (नालान)ले कित जित्नको लागि जीवन हो कित सिक्नको लागि जीवन हो। भनेर सिकाइमा उमेरको हदबन्दी नहुने बताउनु भयो। त्यसैगरी उहाँले सरल र मर्मस्पर्शी तरिकाले मगर भाषाको लिपि सिकाउनुभयो। विभिन्न प्रयोगात्मक परीक्षा लिने सिकाइएको उक्त भाषा कक्षामा धेरैजना परीक्षार्थीहरू सन्तुष्ट रहेका छन्।

त्यसैगरी अर्का वापा प्रशिक्षक सुदीप काम्मुले मगर समुदायमा लोप हुँदै गएको भाषा लिपिलाई केन्द्र बनाएर अध्ययन गर्नुपर्ने बताउनुभयो। त्यसैगरी विशेष अतिथिको रुपमा सल्लाहकार भैरव थापा मगर, लीलबहादुरलाई मगर, रुमबहादुर फौजा मगर, दुर्गा राणा मगर, नेपाल मगर सङ्घ १ नम्बर वडा समितिका वडाध्यक्ष धनबहादुर भुजेल लगायतले मन्तव्य राख्नुभएको थियो।  सोही क्रममा प्रशिक्षार्थीको तर्फबाट मगर भाषामा शुभकामना मन्तव्य दुर्गा राणा मगरले राख्नुभएको थियो।

भाषालाई बोल्न र बुझ्न सकेमा जीवनत रहने थियो। तसर्थ राज्यले भाषा संस्कृति संरक्षणतर्फ पहल गर्नुपर्ने सबै वक्ताहरूको भनाइ रहेको छ। कार्यक्रममा मगर भाषामा गीत ओजिन थापा मगर र सिर्जना राना मगरले गाउनुभएको थियो। 

कार्यक्रम नेपाल मगरसँग कञ्चन गाउँपालिकाको आयोजना र कञ्चन गाउँपालिकाको प्रायोजनमा सञ्चालन भएको थियो। उक्त कार्यक्रम नेपाल मगरसंग कञ्चन गाउँपालिकाका अध्यक्ष देवबहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने पूर्ण रानामगरको स्वागत मन्तव्य र प्रकाश थापा मगरको सञ्चालनमा सम्पन्न भएको थियो।

Comment As:

Comment (0)