जन्म दिनको अवसरमा एम.जी क्लबद्वारा अपाङ्ग आश्रमलाई खाद्यान्न वितरण कार्यक्रम
बुटवल–११ देवीनगरमा रहेको एम.जी. क्लब लुम्बिनी प्रदेशमा समाजसेवा प्रति निकै अग्रसर रहेको क्लब हो । यही जेष्ठ ३१ गते क्लबका उपाध्यक्ष निल बहादुर कवरको छोरा पुजन र छोरी पुजा कवरको जन्म दिनको शुभ अवसरमा एम.जी. क्लबको सहकार्यमा खाद्यान्न वितरण कार्यक्रम गरिएको छ । सो कार्यक्रम बुटवल देवीनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा दैनिकी आवश्यकतालाई मध्यनजर गर्दै चामल, दाल, चिनी, अण्डा, आटा, तेल, आलु, जुस, मासु, मिठाई, चियापत्ती लगायत विभिन्न खाद्यान्न सामग्रीहरु पुजन कवर र पुजा कवरको तर्फबाट सहयोग गरिएको छ भने, एम.जी. क्लबको तर्फबाट चाउचाउ, बिस्कुट, साबुन, गोल्कुज लगायत अन्य सामाग्रीहरु सहयोग गरिएको क्लबका अध्यक्ष ओम बहादुर सारुले बताएका छन् ।
साथै क्लबका अध्यक्ष निल बहादुर कवरले जन्म दिनको अवसरमा फजूल खर्चले उत्साहको रुपमा मनाउनु भन्दा सेवा नै धर्म हो भन्ने भावना अनुरुप हाम्रो सानो सहयोगले कसैको जीवनमा सकारात्मक परिर्वतन ल्याउन सक्ने विश्वास व्यक्त गर्दै छोरा छोरीको जन्मदिनको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको बताए । साथै आश्रमका अध्यक्ष डोलराज रामदानले समाजसेवा गरेर सामाजिक संस्थाको रुपमा पहिचान बनाइ सकेको एम.जी. क्लबले आफ्नो आश्रमलाई सम्झेर बेला बेला सहयोग गर्नु भएकोमा क्लबप्रति आभार व्यक्त गर्दै जन्मदिनको शुभ अवसरमा उज्जवल भविष्यको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम क्लबका अध्यक्ष श्री ओम बहादुर सारुको अध्यक्षतामा प्रमुख अतिथि आश्रमका अध्यक्ष श्री डोलराज रामदान रहेका थिए भने अन्य अतिथिहरु क्लबका उपाध्यक्ष श्री निल बहादुर कवर, लिला कवर, पुजा कवर, संस्थापक अध्यक्ष तुल बहादुर सारु, पूर्व अध्यक्ष श्रीधर अर्घाली, नि–वर्तमान अध्यक्ष राम बहादुर सिंजाली, रमेश गाहा, इम बहादुर कवर लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य क्लबका पूर्व अध्यक्ष श्रीधर अर्घालीको रहेको थियो भने शुभकामना मन्तव्य पुजा कवरले गरेका थिए, यसैगरि कार्यक्रम सञ्चालन क्लबका महासचिव श्री महेश खाम्चाले गरेका हुन् ।

