परिश्रमी पार्वती
दलबहादुर गुरुङ

डेटबहादुर र खिलमाया थापाका जेठी छाेरी हुन् पार्वती । सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं.३, चपाैली नजिकै उनीहरुकाे सुखी परिवार छ । पार्वती,सिन्धुली कलाघरकी सदस्य हुन् । उनकी बहिनी सञ्चिता र भाइ जीवन पनि कलाघरकै कलाकार हुन् । उनीहरुका बाबाआमा कलापारखीमात्र हाेईनन् कलाकार नै हुन् । बाबाआमाकाे प्रेरणाले नै सबै सन्तान कलाक्षेत्रमै समर्पित छन् ।
स्थानीय जलकन्या माविबाट २०७२ सालमा प्रवेशिका परीक्षा दाेस्राे श्रेणीमा उत्तीर्ण पार्वतीले साेही विद्यालयबाट शिक्षा संकायमा नेपाली मूल विषय लिई २०७४ मा कक्षा १२ पास गरेकी थिईन् ।
सानैदेखि कलाकार बन्ने ईच्छा राखेकी पार्वतीले घरमै नृत्य सिक्थिन् । सांस्कृतिक माहाेल भएकाे परिवार भएकै कारण उनलाई नृत्य सिक्न कुनै कठिनाई भएन ।
कलाघरमा प्रवेश गरेपछि बाजा बजाउने काममा हात हालिन् । खास गरेर उनले नाैमति बाजा समूहमा रहेर दमाहा बजाउने र कर्नाल फुक्ने गर्छिन् । आईपर्दा सहनाई बाहेक सबै बाजाहरु बजाउन पछि पर्दिनन् । उनकाे याे क्षमताकाे जति नै तारिफ गरेपनि कमै हुनेछ ।
आफूलाई दारे भन्न रुचाउने पार्वतीले टिकटक बनाउन अत्यन्तै रुचाउँछिन् । समय र आफू सुहाउँदाे गीत मिल्दा दिनमै ३/४ वटा टिकटक बनाएर आफ्ना दर्शक/स्राेताहरुलाई मनाेरञ्जन दिन्छिन् । कलात्मक टिकटक बनाउन खप्पीस पार्वतीले कहिले भावुक गीतमा टिकटक बनाउँछिन् भने कहिले ठट्याैली गीतहरुमा अभिनय गर्छिन् । याे कलाले उनलाई सबैकाबीच नाैलाे परिचय दिईरहेकाे भेटिन्छ ।
पार्वतीले गीत गाउँछिन् । नृत्य गर्छिन् । सडक नाटकहरुमा बेजाेड अभिनय गर्छिन् । उनकाे अभिनय कलाले धेरैका मन छाेएका छन् । प्रभावित भएका छन् ।
फुर्सदका बेला राष्ट्रिय कलाघर निर्माणकाे अभियानमा जाेडिन्छन् । इट्टा बाेक्छिन् । सिमेन्ट मुस्छिन् । फलामका काम गर्छिन् । काम गर्दा पार्वती झनै सुन्दर देखिन्छिन् ।
सिन्धुली कलाघरका कलाकारहरु सडक नाटक प्रदर्शन गर्न,बाजा बजाउन र नृत्य एवम् गायनमा सहभागी हुनका लागि देशका धेरै ठाउँमा पुगेका छन् । कलाकार बनेर देशका कुनाकाप्चा पुग्दा पार्वती खुसीले उम्लिन्छिन् । सानैदेखिकाे कलाकार बन्ने ईच्छा यतिबेला कलाघरमार्फत् पूरा गर्दैछिन् ।
मिठाेबाेली र संस्कारी पार्वतीलाई कलाघरका सबै कलाकारहरुले खुबै माया गर्छन् । सहयाेग गर्छन् । सम्मान समेत गर्छन् ।
हाँसेर बाेल्ने,दु:खमा पनि अनुहार नखुम्च्याउने र मिलनसार पार्वतीले जीवनमा कलाकार नै बनेर अघि बढ्ने संकल्प गरेकी छिन् ।
नृत्य,गायन र बाजा बजाउनमात्र हाेईन,मिठाे खाना पकाउने खुवी छ उनमा । कलाघरकाे उन्नति र प्रगतिमा दिनरात खट्टिने पात्रहरुमध्ये पार्वती पनि एक हुन् । कलाआश्रम,कला विद्यालय र राष्ट्रिय संग्रहालय बनाउन कम्मर कसेर लागेकी छिन् पार्वती । निस्वार्थ र स्वयमसेवी भावनाले ओतप्रोत पार्वतीले कलाघरलाई संसारभर फैलाउन सामाजिक सञ्जाललाई सक्दाे प्रयाेग गर्दै आएकी छिन् ।
सिन्धुली कलाघरलाई सजाउने उत्कृष्ट पात्रका रुपमा स्थापित पार्वतीले कलामै जमिरहेकाे कारण विहे गर्ने विषयमा साेच्नै भ्याएकी छैनन् । आफ्नाे कलालाई देश,विदेशमा फैलाउँदै आएकी पार्वतीले विभिन्न संघसंस्थाहरुबाट मान,सम्मान र प्रशंसा बटुलेकी छिन् । कलाघरका लागि पसिना सिंचेकी छिन् । श्रम गर्दै पसिना चुहाएकी छिन् ।
