एम.जि. क्लबद्वारा आयोजित उद्घोषण तथा नेतृत्व विकास प्रक्षिशक कार्यक्रम सम्पन्न
बुटवल–११, देविनगर रुपन्देहीका एम.जी. क्लबले नारीहरुको महान पर्व हरितालिका तिजको अवसरसँगै तिन दिने उद्घोषक तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम साउन ३१ गते शनिवार बुटवल देविनगर स्याडोज कटेजमा सम्पन्न भएको थियो । सो कार्यक्रमममा प्रशिक्षक सनु थापाले सहजीकरण गरेका थिए । कार्यक्रमममा एम.जि. क्लबका पुरुष सदस्यहरु १५ जना रहेका थिए भने एम.जि महिला समुहबाट २५ जना गरी ४० जना तालिममा सहभागि रहेको क्लबका अध्यक्ष ओम सारुले बताएका छन् । विशेष गरी एम.जि महिलाहरुलाई लक्षित गरी नेतृत्व विकास, व्यक्तित्व क्षमता अभिवृद्विको लागि क्लबले कार्यक्रम आयोजना गरेको अध्यक्ष सारुले बताएका छन् । उक्त कार्यक्रममा निकै उत्साहपूर्वक तालिममा सहभागिता जनाउदै ३ दिनको समापन कार्यक्रममा महिलाहरुले आफै कार्यक्रम सञ्चालन गर्न सक्ने र मन्चमा मन्तव्य राख्न सक्ने भएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि क्लबका मार्गदर्शक बसन्त थापा चर्तिले एम.जि क्लब सेवामुखि संस्था भएकोले क्लबमा लागेर समाजसेवामा योगदान दिन्छु भन्ने जो कोहि पनि क्लबमा आबद्ध हुन सक्ने कुरा बताएका थिए । यसैगरी विशिष्ठ अतिथि क्लबका संस्थापक अध्यक्ष तुल बहादुर सारुले नेतृत्व विकास तथा उद्घोषण कार्यक्रमले धेरै कुरा सिकाएको र आफूले पनि सिक्ने मौका पाएको बताए । साथै अध्यक्ष ओम बहादुर सारुले बोल्दै ३ दिनको उद्घोषण तालिममा सहभागि भएकाहरुलाई नेतृत्व, व्यक्तित्व र क्षमता अभिवृद्विमा ठुलो टेवा पुग्ने बताउदै तालिममा सिकेको कुरालाई सबैले सदुपयोग गर्न आग्रह गरेका छन् । यसैगरी बरिष्ठ उपाध्यक्ष देवलाल अर्घालीले स्वागत मन्तव्य राख्ने क्रममा क्लबले विभिन्न सामाजिक काम गरेर समृद्ध समाजको कल्पना सँगै जनचेतनाको लागि समाज रुपान्तरण गर्ने लक्ष्य लिएको बताए ।
साथै रिता अर्घाली, हुमा गाहा, कृष्णमाया गाहा, मेनुका थापा चर्ति, रुपा सारु लगायतले तालिममा सिकेका कुरालाई मन्तव्यमा व्यक्त गर्दै प्रशिक्षक सनु थापाले सहज र सरल तरिकाले तालिम सहजीकरण गर्दिनु भएकोमा सबैले धन्यवाद व्यक्त गरेका थिए । उक्त तालिममा सहभागि सम्पूर्णलाई प्रमाण पत्र वितरण गरी कार्यक्रम समापन पश्चात् खानपिन सहित महिला दिदिबहिनीहरु तिजको गितमा छनछमी नाचेर रमाइलो गरेका थिए । सो कार्यक्रमको संयोजक महासचिव महेश खाम्चा रहेका थिए भने कार्यक्रम
सञ्चालन तालिम प्रशिक्षणर्थी निर्मला थापाले गरेका थिए ।

