ओझेल भित्रका सचेतना अभियान
No icon

एम.जि. क्लबद्वारा आयोजित उद्घोषण तथा नेतृत्व विकास प्रक्षिशक कार्यक्रम सम्पन्न

 

बुटवल–११, देविनगर रुपन्देहीका एम.जी. क्लबले नारीहरुको महान पर्व हरितालिका तिजको अवसरसँगै तिन दिने उद्घोषक तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम साउन ३१ गते शनिवार बुटवल देविनगर स्याडोज कटेजमा सम्पन्न भएको थियो । सो कार्यक्रमममा प्रशिक्षक सनु थापाले सहजीकरण गरेका थिए । कार्यक्रमममा एम.जि. क्लबका पुरुष सदस्यहरु १५ जना रहेका थिए भने एम.जि महिला समुहबाट २५ जना गरी ४० जना तालिममा सहभागि रहेको क्लबका अध्यक्ष ओम सारुले बताएका छन् । विशेष गरी एम.जि महिलाहरुलाई लक्षित गरी नेतृत्व विकास, व्यक्तित्व क्षमता अभिवृद्विको लागि क्लबले कार्यक्रम आयोजना गरेको अध्यक्ष सारुले बताएका छन् । उक्त कार्यक्रममा निकै उत्साहपूर्वक तालिममा सहभागिता जनाउदै ३ दिनको समापन कार्यक्रममा महिलाहरुले आफै कार्यक्रम सञ्चालन गर्न सक्ने र मन्चमा मन्तव्य राख्न सक्ने भएका थिए । कार्यक्रममा प्रमुख अतिथि क्लबका मार्गदर्शक बसन्त थापा चर्तिले एम.जि क्लब सेवामुखि संस्था भएकोले क्लबमा लागेर समाजसेवामा योगदान दिन्छु भन्ने जो कोहि पनि क्लबमा आबद्ध हुन सक्ने कुरा बताएका थिए । यसैगरी विशिष्ठ अतिथि क्लबका संस्थापक अध्यक्ष तुल बहादुर सारुले नेतृत्व विकास तथा उद्घोषण कार्यक्रमले धेरै कुरा सिकाएको र आफूले पनि सिक्ने मौका पाएको बताए । साथै अध्यक्ष ओम बहादुर सारुले बोल्दै ३ दिनको उद्घोषण तालिममा सहभागि भएकाहरुलाई नेतृत्व, व्यक्तित्व र क्षमता अभिवृद्विमा ठुलो टेवा पुग्ने बताउदै तालिममा सिकेको कुरालाई सबैले सदुपयोग गर्न आग्रह गरेका छन् । यसैगरी बरिष्ठ उपाध्यक्ष देवलाल अर्घालीले स्वागत मन्तव्य राख्ने क्रममा क्लबले विभिन्न सामाजिक काम गरेर समृद्ध समाजको कल्पना सँगै जनचेतनाको लागि समाज रुपान्तरण गर्ने लक्ष्य लिएको बताए । साथै रिता अर्घाली, हुमा गाहा, कृष्णमाया गाहा, मेनुका थापा चर्ति, रुपा सारु लगायतले तालिममा सिकेका कुरालाई मन्तव्यमा व्यक्त गर्दै प्रशिक्षक सनु थापाले सहज र सरल तरिकाले तालिम सहजीकरण गर्दिनु भएकोमा सबैले धन्यवाद व्यक्त गरेका थिए । उक्त तालिममा सहभागि सम्पूर्णलाई प्रमाण पत्र वितरण गरी कार्यक्रम समापन पश्चात् खानपिन सहित महिला दिदिबहिनीहरु तिजको गितमा छनछमी नाचेर रमाइलो गरेका थिए । सो कार्यक्रमको संयोजक महासचिव महेश खाम्चा रहेका थिए भने कार्यक्रम

 सञ्चालन तालिम प्रशिक्षणर्थी निर्मला थापाले गरेका थिए ।

Comment As:

Comment (0)