ओझेल भित्रका सचेतना अभियान
No icon

महिलाको क्षमता अभिवृद्धिका लागि तिनाउमा तालिम

महिला समन्वय समिति, तिनाउ गाउँपालिका वडा नं.१ कचल, पाल्पाले वडाभित्र रहेका महिलाहरुका लागि तीन दिवसीय ‘महिला प्रशिक्षण तालिम’ शनिवारदेखि कचलमा सुरु गरेको छ ।

 

 

तालिममा महिला सशक्तिकरण, उद्यमशीलता, महिला हिंसाका कारण र रोकथामका उपायहरु, संस्कृति र सम्पदा संरक्षणमा महिलाको भूमिका, बालविवाहका कारण, रोकथाम र कानुनी सजायँका साथै समूहहरुमा राखिने हिसाव कितावका बारेमा सामाजिक अभियन्ता राजेश श्रेष्ठ, महिला अधिकारकर्मी सावित्रा राना र संरक्षणकर्मी दलबहादुर गुरुङकाे सहजीकरण रहने छ ।

 

तालिममा वडाका ठूलीउदाङ, झिंगामारा, ओखलढुंगा, काफलबारी, कचलफाँट, बुढीकोट, आरुखुदी गाउँका १९ वटा महिला समूहका अध्यक्ष, सचिव र कोषाध्यक्ष गरि ५७ जनाको सहभागिता रहेको महिला समन्वय समितिकी सचिव शान्ता कुँवरले बताउनुभयो ।

उक्त तालिमको आयोजना महिला समन्वय समिति, तिनाउ–१ कचल र आर्थिक सहयोग तिनाउ गाउँपालिकाले गरेको छ ।

 

आयोजकका अनुसार, तालिमको उद्देश्य महिलालाई आत्मनिर्भर, सशक्त र नेतृत्वक्षम बनाउँदै सामाजिक परिवर्तनमा सक्रिय भूमिका निर्वाह गर्न सक्षम बनाउनु रहे

को छ ।

 

Comment As:

Comment (0)