ओझेल भित्रका सचेतना अभियान
No icon

उत्तम महिला सहकारीमा तालिम सम्पन्न ।

उत्तम महिला सहकारी संस्था लि. सियारी,रुपन्देहीले आफ्नाे सञ्चालक समिति र उपसमितिका सदस्यहरुका लागि प्रस्तावना लेखन,माईन्यूट तथा प्रतिवेदन लेखनसम्बन्धि तालिम शनिवार अमुवामा सम्पन्न भयाे । 

प्रस्तावना लेखनका बारेमा सैद्धान्तिक तथा प्रयाेगात्मक सेसन सहजकर्ता अनन्त सिलवालले सहजीकरण गरेका थिए । साेही तालिममा सामाजिक अभियन्ता दलबहादुर गुरुङले बैठक सञ्चालन, माइन्यूट तथा प्रतिवेदन लेखनसम्बन्धि विषयवस्तुमा सहजीकरण गरेका थिए । 

तालिमका सहभागीहरुमध्ये पूर्णिमा खरेल,पूजा पाण्डेय र विष्णु क्षेत्रीले तालिम प्रभावकारी भएकाे बताए । समापन कार्यक्रममा संस्थाकी अध्यक्ष सुदीक्षा खरेलले तालिममा सिकेका कुराहरु आफ्नाे सहकारीमा पूर्णरूपले कार्यान्वन गरिने प्रतिवद्वता जनाईन् । 

उक्त तालिम समापन कार्यक्रमकाे अध्यक्षता शिक्षा उपसमितिकी संयाेजक बिन्दू महतले गरेकी थिईन ।

Comment As:

Comment (0)