एम.जि. क्लव द्धारा समाज सेवी सरुलाई सम्मान
प्रत्येक महिनाको १५ गतेका दिन बुटवलका एम.जि.क्लवले सम्पूर्ण सदस्यहरु उपस्थित बनाई भेटघाट तथा परिचयात्मक कार्यक्रमको अवसर पारेर समाजमा आफ्नो पहिचान बनाई सकेको एक जना समाज सेवी व्यक्तित्वलाई निमन्त्रणा गरी प्रमुख अतिथिको रुपमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रममा यसपटकको प्रमुख अतिथि नमस्ते किड्स नेपालको केन्द्रिय अध्यक्ष सरु बुढाथोकी मगरको उपस्थिती रहेको थियो । सो कार्यक्रममा क्लवका पूर्व अध्यक्ष वसन्त थापाले प्रमुख अतिथिको बारेमा छोटो जानकारी गराएका थिए । 
उक्त कार्यक्रममा बोल्दै सरु बुढाथोकीले आफू कसरी समाज सेवा गर्न पुगिन भन्ने बारे प्रस्ट पारेकी थिइन । उनी मगर विद्यार्थी संघ र नेपाल आदिवासी विद्यार्थी संघमा काम गर्दै जाने क्रममा बुटवलका अनाथ बालबालिकालाई देख्दा उनको मन दुख्ने गथ्र्याे र यि बालबालिका लाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुराले सरुको मन सधै खड््की रहन्थ्योे । यसै क्रममा नेपाल घुम्न आएको एक जना जमर्नीसँग सहकार्य गरेर पोखरा लेख नाथ ८ सभागृह पथमा नमस्ते किड्स नेपाल संस्था सञ्चालन गर्दै आएकी छिन । त्यो संस्थामा अहिले २०० भन्दा बढी अनाथ तथा विपन्न वर्गका बालबालिकाहरुले आश्रय लिंदै आएको कुरा जानकारी दिएकी छिन् । अहिले यो संस्थाले १८ वटा जिल्लामा आफ्नो शाखा विस्तार गरी ति बाल बालिकाहरुलाई सेवा प्रदान गर्दै आएको कुरा पनि उनले बताएकी थिइन ।
उक्त कार्यक्रममा एम.जि.का अध्यक्ष तुलजी सारुले बोल्दै हामी जिवित रहनसम्म हाम्रो नाम रहेने हुँदा
हाम्रो मृत्यु पछि पनि नाम जिवित राख्नलाई हामीले समाज सेवा गर्नु पर्ने रहेछ त्यसैले यो एम.जि.क्लव सञ्चालन गरेका हांै । यो क्लवले सुखमा मात्र होइन दुःखमा पनि साथ दिने हुँदा जसले पनि दुःख पर्दा एम.जि.क्लवलाई संझन सक्नु हुनेछ भन्ने जानकारी दिएका थिए । सो कार्यक्रममा प्रमुख अतिथि सरु बुढाथोकीलाई मायाको चिनो प्रदान गरिएको थियो भने क्लवले अहिलेसम्म गरेका सामाजिक कामहरुको विवरण अवगत गराएका थिए ।उक्त कार्यक्रम तुल जी सारुको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तव्य निर बहादुर गाहाले गरेका थिए र क्लवको बरिष्ठ उपाध्यक्ष श्रीधर अर्घालीले कार्यक्रम संचालन गरेका थिए । 
