ओझेल भित्रका सचेतना अभियान
No icon

Magar Dictionary App उद्धघाटन सहित सार्वजनिक 

सविन पुलामी मगर(साकार)

मुख्य सचिव 
नेपाल मगर सघ प्रदेस समिती प्र।न।३ नेवास्ताम्सालिङ्ग मगरात।

मगर भाषा सिक्न, सिकाउन र सम्रक्षण गर्ने उद्देश्यले आज (२०७६/०९/१४ 30th December 2019) मा नेपाल मगर सघ केन्द्रीय समितिले आज केन्द्रीय कार्यालय कलन्कीको सभाहलमा ३ मगर भाषाको छुट्टाछुट्टै Dictionary App लाई सार्वजनिक गरेको छ । जुन एप्स निम्नानुसार छन ।

Magar Dhut Dictionary
Magar Kham/Pang Dictionary
Magar Kaike Dictionary

नेपाल मगर संघ केन्द्रिय समितिले आज केन्द्रिय कार्यालयमा मगर भाषा बिज्ञहरु र कम्युटर इन्जिनियरहरुसग छलफल गरि तिनै मगर ढुट, मगर खाम/पाङ र मगर काइके भाषामा हुने गरि मोबाईल एप्सको उद्धाठन प्राबिधिक र प्रारम्भिक तयारी गरी आज नेपाल मगर संघको केन्द्रुीय कार्यलय कलङ्कीमा उद्धघाटन गर्नुभएको छ । नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् अन्तरास्ट्रिय मगर महासंघको केन्द्रिय अध्यक्ष नबिन रोका मगर ज्युको अध्यक्ष ज्युले  सो एप्स समुद्धघाटन गर्नु भएको छ ।
नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् अन्तरास्ट्रिय मगर महासंघको केन्द्रिय अध्यक्षले एप्सको बटम क्लिक गरि सब्य र भब्य रुपमा एप्सको जानकरि दिनुभएको छ। विश्वभरि मगर जातिको साझा सवाल र आकांक्षा भनेकै जाति, भाषा, संस्कार संस्कृति परम्पराको एक रूपता र त्यसको प्रवर्द्धन हो भन्दै ‘विश्वभरि आ–आफ्नो धारणा, सांस्कृतिक पृष्ठभूमि आपसमा आदानप्रदान गरेर दीर्घकालसम्म सँगै रहने प्रयास जारी राख्ने अन्तरास्ट्रिय मगर महासंघ (International Magar Federation को अध्यक्ष ज्युले बताउनु भएको हो। साथै हामि एक दिन मरेर जान्छौ तर हाम्रो भाषा मर्न दिनु हुन्न ,भाषा जोगाउने,संरक्षण,सम्वर्द्धन ,प्रवर्द्धन राज्यको हो तर राज्य गरेको छैन हामिले हाम्रो भाषा जोगाउदै संरक्षण,सम्वर्द्धन र विकासमा जोडदिनुपर्छ। त्यसैले मगर भाषा-भाषा वैज्ञानिकहरूका अनुसार मगर भाषालाई तीन भाषाहरुमा विभाजित छन । ती हुन् – मगर ढुट, मगर खामरपाङ र मगर काइके । तिनै मगर भाषाको याप्स सार्बजानिक गरिएको जानकारि दिनुभएको छ।


नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबं मगर अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष नवीन रोका मगर तिन वटै एप्स एेतिहासिक उद्धाटन गर्दै भन्नुभयो भाषा र संस्कृतिको संरक्षण नै जाती र राष्ट्रियताको संरक्षण हो।बिश्वका सबै मानव जातिले मगर भाषा को सजिलोसँग अध्यान गर्न सक्ने गरि एप्स निर्माण गरिएको हो।मगर भाषालाई संरक्षण र विकास गर्न तथा यसलाई विश्वव्यापीकरण गर्न यो कार्यको थालनी गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले जानकारी दिए । नेपाल मगर संघका अध्यक्ष नविन रोकामगरले विविध भाषाहरुले देशलाई रंगीन बनाएको प्रसंग उल्लेख गर्दै आफूहरु पनि मगर भााषा संरक्षण र विकासमा लागेको बताउनुभयो।
उदाहरणका लागि अब मोबाईल एप्स मा यस्तो हुने गरि ब्यबस्था गरिएको छ ।
जसमा "Water (English), , पानी (खस नेपाली), डी (मगर ढुट), री (मगर खाम पाङ), ट्यु (मगर काईके) गरेर ३ प्रकारको मगर भाषा र भ्लनष्किज नेपाली (खस) गरेर ५ भाषामा शब्दकोश (Dictionary) लाई केन्द्रित गरेर मोबाईल एप्स उद्धाटन । त्यसपछि यहि एप्समा सहज किसिमले लिपि सिक्ने र अभ्यास गर्नेगरि लिपि समाहित गर्ने छौ भने त्यस पछि मगर भाषाको १ देखि ५ कक्षा सम्मको पाठ्यक्रम लाई पनि समेटेर बिद्यार्थिहरुलाई भाषा यहि मोबाईल एप्स देखि सिकाउने गरि परिश्कृत गर्दै लगिने छ । यस मोबाईल एप्स मगरहरुको लागि भाषा लिपि, सस्कार सस्कृतिको जगेर्नाका लागि कोषेढुङ्गा बनाउन यहाहरुको साथ समर्थन सहयोग र सुझाव दिन आग्रह गर्नुभएको छ ।साथै मगर भाषाको लिपीबद्धमा पनि अगाडि बड्ने जानकारि दिनुभयो।
१०मगर ढुट भाषामा (बाह्र मगरात)वाट हिरासिंह थापा मगर, बिष्णु सिंजाली मगर , २०मगर खामरपाङ ९अथार मगरात० कर्ण वुढा मगर र अन्य र ३० मगर काइके मगरातवाट जग बहादुर वुढा मगर र अन्य मगर भाषा बिज्ञहरुको सल्लाह सुझाब सहित एप्स निर्माण हरि सार्बजानिक गर्नुभएको हो।प्राबिधिक इन्जिनियर अर्पण बम र बालकृष्ण पुनले बिभिन्न सवालमा आ आफ्नो मन्तब्य राख्नु भएको थियो ।
थप जानकारिको लागि www.magardictionary.com हेर्नुसक्नुहुनेछ।
 

Comment As:

Comment (0)