ओझेल भित्रका सचेतना अभियान
No icon

मगर संघ गल्याङ नगर समितिको प्रथम सम्मेलन सम्पन्न

अस्मिता राना

नेपाल मगर संघ नगर समिति स्याङजाको प्रथम नगर सम्मेलन मंगलवार गल्याङमा रहेको मगरभवन लेमभित्तामा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन गर्दे गल्याङ नगरपालिकाका उपप्रमुख देविसरा थापा मगरले मगरहरु एकजुट भएर काम गरे त्यो काम सफल हुने बताउनुभयो ।
मगर संघले थालेको विमला राना बचाउ अभियान सफल भएको बताउदै मगरहरुको एकतामा शक्ति भएको बताउनुभयो । उपप्रमुख थापाले मगरहरुको पोषाकमा पछिल्लो समय विकृति आएको भन्दै परम्परागत पोषाकमा जोड दिन आग्रह गर्नुभयो । साथै उहाँले आफु मगर संघको साथमा रहेको र आफ्नो तर्फबाट सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सदस्य तथा मगर संघ जिल्ला समन्वय समितीका अध्यक्ष लोकेन्द्र थापा मगरले मगर राजनितिक, शैक्षिक, आर्थिक, सामाजिक हिसाबले मंगर संघ पछि परेको बताउदै अव मगर संघले राज्यको मुलधारमा प्रवेश गर्ने बाटो बनाउनुपर्ने बताउनुभयो । उहाँले आदिबासी जनजाति नयाँ साँचबाट अगी बढ्नुपर्ने समय आएको बताउनुभयो । 
यस्तै नेपाल मगर संघ प्रदेश कमिटीका सदस्य दान बहादुर थापाले मगरहरु प्रकृतिप्रेमी भएकाले आफ्नो धर्म भाषालाई जोगाउन अगी बढ्नुपर्ने बताउनुभयो । मगर भाषा हाम्रो प्राण भएकाले भाषा मर्यो भने समुदाय नरहने भन्दै यसलाई एक पुस्ताबाट अर्को पुस्तामा स्थान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल मगर संघ नगर समितीका सल्लाहकार चन्द्र राना मगरले मगरहरुलाई लक्षित गरि आगामी योजना बनाउन संघलाई आग्रह गर्नुभयोकार्यक्रममा नेपाल मगर महिला संघ नगर समितीका अध्यक्ष भेमला बराल मगर, नेपाल मगर संघ जिल्ला समन्वय समितीका वरिष्ठ उपाध्यक्ष विनोद राना मगर, संघका महिला उपाध्यक्ष कृष्ण माया राना मगर, नेपाल मगर युवा संघ नगर समितीका अध्यक्ष डोलु थापा मगर, मगर संघ जिल्ला समन्वय समितीका पुर्व उपाध्यक्ष पदम बहादुर गाहा मगर, भुपु सैनिक मञ्चका अध्यक्ष सुवेदार चन्द बहादुर रखाली मगर लगायतले मगरको इतिहासलाई जोगाउन सवै एकढिक्का हुनुपर्ने बताएका थिए ।
यस्तै कार्यक्रममा नेपाल मगर संघ नगर समितीका अध्यक्ष कुमार राना मगरले संघको प्रगति प्रतिवेदन र भावी कार्यक्रहरु प्रस्तुत गर्नुभएको थियो । यसैबीच नेपाल मगर संघ नगर समितीले गल्याङका बोनम्यारो समस्याबाट पिडित बनेकी विमला रानालाई विमला रानाको जीवन बचाऔँ अभियानबाट संकलन भएको रु ६ लाख, ३९ हजार ९३३ रुपैयाको चेक पिडित राना र उनकी आमा कुमारी रानालाई कार्यक्रमको मञ्चबाट हस्तान्तरण गरिएको छ ।
साथै कार्यक्रममा विमला रानाको जीवन बचाऔँ अभियानमा सहयोग गर्नुहुने सहयोगीदातालाई सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तै कार्यक्रममा नगर समितीका ११ वटै वडामा गठन गरेको नेपाल मगर संघ वडा समितीलाई सपथ ग्रहण गराएको छ ।कार्यक्रममा नगरभित्र सम्पुर्ण मगर समुदायको सहभागिता रहेको थियो । नेपाल मगर संघ नगर समितीका अध्यक्ष कुमार राना मगरको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव रेशम राना मगरले गर्नुभएको थियो, भने स्वागत उपाध्यक्ष गंगा माया रानाले गर्नुभएको थियो ।

Comment As:

Comment (0)